काठमाडौंमा प्राथमिक उपचार तालिम शुरु,दक्ष जनशक्ति तयार गर्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2024 | 04:59:44 PM मा प्रकाशित

laxmi sunrise bank

योगदान राष्ट्रको लागि नामक सस्थाले संघीय राजधानी काठमाडौंमा तीन दिने प्राथमिक उपचार तालिम  शुरु गरेको छ ।

उक्त तालिम आगामी आइतबारसम्म चल्ने छ ।अन्तरराष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले शुक्रबारदेखि उक्त तालिमको  सञ्चालनमा ल्याएका हुन्  ।

सरसफाइ, जनचेतना, आगजनी, बाढी पहिरो, आकस्मिक दुर्घटनाबाट बच्ने उपाय लगायतका तालिम  सञ्चालन गर्दै आइरहेको उक्त संस्थाले मुलुकमा आइपर्ने महामारी, आपतकालीन समस्यासँग जुध्नका लागि दक्ष जनशक्ति तयार गर्न प्रयास गरिरहेको छ ।

काठमाडौंपछि उक्त तालिम जेठ १४ गते स्याङजा, १५ गते कास्की, १६ गते गोर्खा, १७ गते लम्जुङ, र तनहुँमा १८ र  १९ गते सञ्चालन हुने आयोजक संस्थाले बताएको  छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved