आज देशका ७२ वटा जिल्लाबाट एक हजार भन्दा बढीमा डेंगु संक्रमणको पुष्टि भएको छ ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ मा ७२ जिल्लाबाट एक हजार २४१ जनामा डेंगु पुष्टि भएको जानकारी दिएका हुन् ।
सबै भन्दा बढी डेंगु संक्रमण बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमती प्रदेशमा ४ सय २८, कोशी प्रदेशमा २ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा १८८, मधेश प्रदेशमा ३४, कर्णाली प्रदेशमा १८, लुम्बिनी प्रदेशमा १४८, र सुदूरपश्चिममा १४० जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए ।
झापा र काठमाडौंमा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ । झापामा ११२, काठमाडौँमा १४१, जनालाई डेंगु पुष्टि भएको छ
त्यसैगरी, मकवानपुरमा ५९, चितवनमा ७५, तनहुँ ४६, डोटीमा ४७, ओखलडुंगामा ४१, सिन्धुपाल्चोकमा ४४, रुपन्देहीमा २८, भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ ।
गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको छ । डेंगुबाट बच्नका लागि एक मात्र उपाय लामखुट्टेका टोकाईबाट बच्ने हो ।
उच्च ज्वरो आउने, जोर्नीर मांशपेशीअरु बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् ।
लामखुट्टेको टोकाईबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा. दाहालको सुझाव छ ।