स्वास्थ्य बीमा दर्ता सहयोगीमाथि राज्यले धरपकड गरेको भन्दै सांसद पोखरेलले जनाए आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2024 | 01:29:42 PM मा प्रकाशित

नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले विभिन्न माग राखेर आन्दोलनरत स्वास्थ्य बीमा दर्ता सहयोगीमाथि राज्यले धरपकड गरेकोभन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै संसद्को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलले असर ६ गते आन्दोलनरत बीमा सहयोगीमाथि राज्यले दण्डा बर्साएको भन्दै आपत्ति जनाए । उनले उनीहरुको उचित माग तत्काल सम्बोधन गर्न आग्रह गरे । ‘उचित माग तत्काल सम्बोधन होस् । बीमा सहयोगीमाथि दण्डा बर्साउन पाईंदैन,’ उनले भने ।

पोखरेलले देशका सबै वडा केन्द्रित सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको दर्ता गर्ने प्रतिनिधिलाई कुनै तलबको व्यवस्था नगरिएको बताए । “कुनै पनि प्रकारको तलब भत्ता उहाँहरूले पाउनुहुन्न । ऐन, नियमावलीअनुसार बिमा गरेको रकम ९जो ३५०१ परिवार० वापतको दश प्रतिशत कमिसन दिइने प्रबन्ध थियो,” उनले भने ।

८५ प्रतिशत महिला दर्ता सहयोगी रहेको सुनाए । उनीहरूले आफ्नो माग राख्न खोज्दा अन्धाधुन्ध डन्डा प्रहार गरिएको भन्दै आपत्ति जनाए । “हामीले यो लोकतन्त्रमा चाहेको योगदान यसैका निम्ति हो ? हामीले बदलेको यसकै लागि हो ? ती व्यक्तिहरूले कहाँबाट न्याय पाउँछ,” उनले भने ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved