द नी हिलिङ क्लिनिकको नयाँ परिसरको उद्घाटन भएको छ । इन्टिग्रेटिभ मेडिसिनको नौलो अवधारणा लिएर खुलेको यस क्लिनिकले विगत दुई वर्षदेखि फिजियो थेरापी, आयुर्वेदिक चिकित्सा र परम्परागत चिनियाँ चिकित्सा एकै ठाउँमा सञ्चालन गरी सेवा दिंदै आएको छ ।
कार्यक्रमको सभापतित्व द नी का अध्यक्ष अर्थोप्डिक सर्जन डा रुपेश वैद्यले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपालको पहिलो महिला आयुर्वेदिक डाक्टर डा सरिता श्रेष्ठ थिइन् ।
कार्यक्रममा वरिष्ठ न्यूरोलोजिस्ट डा सर्वोत्तम भुसाल, प्रानका अध्यक्ष डा सुरज भुसाल, ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत डा रत्न राज बज्राचार्य र राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीको पनि विशेष आतिथ्यता थियो ।
भर्खरै दोस्रो वार्षिकोत्सव मनाएको द नीको बारेमा सञ्चालक समिति सदस्य ई दिनेश लाल श्रेष्ठले जानकारी दिएका थिए भने अर्का सञ्चालक समिति सदस्य डा करिष्मा मल्ल वैद्यले कार्यक्रमको समापन गरेकि थिइन् ।द नी हिलिङ क्लिनिक जावलाखेल दामोदर मार्गमा अवस्थित छ । यसअघि यो क्लिनिक जावलाखेलस्थित स्विस दूतावास अगाडि थियो ।