स्वास्थ्यमन्त्री पौडेलका प्राथमिकता र कार्ययोजना (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2024 | 07:24:50 PM मा प्रकाशित

nepal oil ltd

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा पाँच लाख बनाउने गरी कार्ययोजना सार्वजनिक गरेका छन्।  स्वास्थ्यमन्त्री पौडेलले आफ्ना प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन। 

मन्त्रि पौडेलकाअनुसार संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू र १६औँ पञ्चवर्षीय योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरू तयार पारिएको हो। 

सार्वजनिक कार्ययोजनामा औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्न नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने, बिमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दाबी प्रविष्टिका लागि सवै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने, हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य बिमामा उपलब्ध गराउने व्यवस्था गर्ने उल्लेख छ।

कार्ययोजनामा स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बिमामा जोड्ने, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढिकरण, औषधिको मूल्य समायोजन गरिने लगायतका कार्यक्रम उल्लेख छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved