स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको पहिलो सय दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2024 | 04:01:59 PM मा प्रकाशित

laxmi sunrise bank

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।  

स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने घोषणाका  साँसाथै १४ बुँदे सुधारका योजना तथा प्राथमिकता घोषणा गरेका छन् । पौडेलले अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतालमा अनलाइन प्रणाली सुरुवात गरेको जानकारी दिएका छन् ।  त्यसतै स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालमा दुई फिफ्टमा ओपीडि सेवा सुरु गरेको जानकारी गराएको छ । 

क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरु गरिएको छ । स्वास्थ्य सेवा सुधार गर्न पहिलो पटक तीनै तहको समन्वयमा समिति बैठक पनि बसेको मन्त्रालयले जनाएको छ । पौडेको सय दिनको अवधिमा राष्ट्रिय आविष्कार केन्द्र र मन्त्रालयबिच संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्न सम्झौता पनि भएको छ । 

मन्त्रालयले जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमुना विदेश पठाउन नपर्ने गरि प्रयोगशालाको सुविधा ल्याएको छ । सार्वजनिक बिदाका दिन अस्पतालमा ओपीडी सेवा सुचारु हुन थालेको छ ।  त्यस्तै सहिद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्यकर्मीको सुरक्षा सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन प्रक्रिया सुरु । न्याम्ससँग आबद्धता लिएका अस्पतालमा ४ सय शिक्षक चिकित्सकको दरबन्दी स्वीकृत, र  थप ४ सय जना पीजी तहमा पठनपाठन गर्न मिल्ने गरि बाटो खुला बनाएको छ । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत सातै प्रदेशमा मुटुको विस्तारित सेवा लैजाने, जन्मजात अपांगता हुन नदिन परोपकार अस्पतालमा बालबालिकाको निःशुल्क परीक्षण र वंशाणुगतजन्य रोगको निःशुल्क उपचार, विपद् प्रभावितलाई निःशुल्क स्वास्थ्य उपचार, प्रभावित क्षेत्रमा सङ्क्रमण फैलन नदिन सरोकारावाला मन्त्रालयसँग समन्वय, सचेतना र प्रचारप्रसार गरेको पनि मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved