नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ ।
देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेको बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएकारी गराएको हो ।
लिमिटेडको अनुसार डेंगु संक्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन् ।
सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।