प्रहरी अस्पताल अब सर्वसाधारणका लागि पनि खुल्ला, आर्मी अस्पताल कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2025 | 10:49:42 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल प्रहरी अस्पताल सर्वसाधारणको लागि पनि उपचारको लागि खुला हुने भएको छ। आम सर्वसाधारणको लागि प्रहरीको अस्पताल उपचारको लागि खुला गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार, नेपाल प्रहरी अस्पताल आम नागरिकको लागि पनि खुला भएको हो।  उनकाअनुसार  प्रहरी अस्पतालमा अब नागरिकले चिकित्सक आफैं छान्न सक्ने व्यवस्था गरिएको छ। सर्वसाधारणले अब बिहान ३ बजे देखि ६ बजे सम्म प्रहरी अस्पतालमा सेवा लिन सक्नेछन्। 

त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरी बलका अस्पतालहरु पनि छिट्टै सर्वसाधारण नागरिकका लागि खोल्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य  मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेका थिए । आम नागरिकलाई समेत सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्रालय तत्पर रहेको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved