२० वर्षदेखी विवादको चपेटामा निसन्तानलाई सन्तान सेवा , के हो समाधान ?

यसोदा चौलागाईं

यसोदा चौलागाईं

Jan 25, 2025 | 09:10:00 AM मा प्रकाशित

laxmi sunrise bank

निसन्तान दम्पतीलाई सन्तान दिने सेवाको सुरुवात भएको पनि करिब २० वर्ष बढी भएको छ। २०६१ सालमा ओम अस्पतालबाट डा भोला रिजालको हातबाट पहिलो आइभिएफ़ सन्तानको रुपमा ओम मणि तामांगको जन्म भयो। करिब दुई दशक लामो अन्तरालमा झन्डै १२ हजार बढीको आइभीएफबाट जन्म भएको जानकार बताउछन। 

सन्तान नहुँदा खेप्नुपर्ने मानसिक तनाब र सामाजिक तिरस्कारलाई चिर्दै सन्तान नहुने दम्पतीको लागि अचुक औषधिको रुपमा सुरुवात भएको आइभिएफ़को आयु नेपालमा २० वर्ष भन्दा बढी भईसकेको छ। 

नेपाल सरकारले अझैं पनि आइभीएफ सेवालाई कानुनी दायरामा ल्याएर यसलाई व्यवस्थित र मर्यादित बनाउन सकेको छैन। कानुनी मान्यता दिने नाममा नेपाल सरकारले ऐन र नियमावली बनाइदिएको छ। तर तर यसको संचालनलाई मर्यादित बनाउनलाई चाहिने मापदण्ड र कार्यविधि अझैं पनि बन्न सकेको छैन। 

जसले गर्दा पछिल्लो समय निसन्तान दम्पतीलाई सन्तान दिएर जिन्दगिमा तिर्नै नसक्ने गुन लगाउने काम गरेको आइभिएफ़ जस्तो सेवा पनि विवादमा तानिएको छ। त्यसमाथि पनि, पछिल्लो समय अस्पताल भन्दा बाहिरबाट आइभिएफ़ केन्द्रको रुपमा यो सेवाको सुरुवात भएयता आइभिएफ़ सेवा विवादको भुमरीमा फसेको छ। 

मौकामा चौका हान्ने र धमिलो पानीमा माछा मार्ने प्रबृत्ति बोकेकाले दिन दुईगुणा रात दशगुणाको तरिकाले यो क्षेत्रलाई कमाउ धन्दा बनाइदिंदा एकातर्फ पछिल्लो समय आइभीएफ सेवाप्रति आम मानिसहरुको विश्वास डगमगाएको छ। भने, अर्कोतर्फ, यो सेवालाई मानवीय सेवा ठानेर सामाजिक व्यवसाय बनाएका अस्पतालहरु पनि खराब आइभिएफ़ केन्द्रका कारण बद्नाम हुन पुगेका छन्। 

आइभिएफ़ सेवाको सुरुवात भएको करिब २० बर्ष लामो अवधिमा आइभिएफ़ सेवा दिने नाममा करिब ने ५० वटा जति संस्था खुलेका छन् तर त्यसमध्ये मात्रै २२ वटा संस्था स्वास्थ्य मन्त्रालयमा दर्ता छन्। यकातार्फ आइभिएफ़ सेवा संचालनमा एकरुपताको विवाद छ भने अर्कोतर्फ यो सेवा कसले पाउने कसले नपाउने भन्ने अर्को विवाद छ। 

एम्ब्रोलोजिस्टको नाममा विवाद नै विवाद 

अन्तर्राष्ट्रिय अभ्यासअनुसार, महिला र पुरुषको अण्डा र वीर्यलाई बाहिर निषेचन गरेर पुनः महिलाको  पाठेघरमा प्रत्यारोपण गर्नुपर्छ । तसर्थ अन्तर्राष्ट्रिय अभ्यास अनुसार प्रत्येक आइभिएफ सेन्टरमा एम्ब्रोलोजिस्ट हुनु पर्ने व्यवस्था छ ।  तर नेपालमा केही महिनाको तालिम लिएका व्यक्तिहरूले यो प्रक्रिया गरिरहेको पाइएको छ । यसले महिलाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम रहेको छ । 

नेपाल स्वास्थ्य व्यवसायी परिषदको अनुसार  हाल सम्म एक जनाले मात्र एम्ब्रोलोजिस्टको रुपमा आफ्नो नाम दर्ता गराएका छन् । तर फटिलिटि सोसाइटी अफ नेपालको अनुसार नेपाल करिव ७ जना एम्ब्रोलोजिस्टहरु उपलब्ध छन् ।  नेपालमा निश्चित  मापदण्ड नभएको एम्ब्रोलोजिस्टहरु विच नै विवाद उत्पन्न भएको हो । 

स्वास्थ्य तथा जनसङख्या  मन्त्रालय  गैरकानुनी रूपमा संचालन भइरहेका केन्द्रहरूको अनुगमनको जिम्मा जिल्ला प्रशासन कार्यालयको रहेको भन्दै पन्छिने प्रयास गरेको देखिन्छ । यस तर्फ विशेषज्ञहरु आक्रोशित भएका छन् । राज्यको कमजोर अनुगमन प्रणाली र गैरकानुनी गतिविधिका कारण वैधानिक रूपमा संचालन गरिरहेका केन्द्रहरूलाई अप्ठ्यारो समेत पनै गरेको छ ।  सरकारले नियमन गर्न नसक्दा यस क्षेत्रमा विसङगती बढ्दै गएको छ । पहिलो टेस्ट ट्युव बेबी जन्माउन सफल भएका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजालले पनि सरकार यस विषयमा त्यति जिम्मेवार नभएको महसुस गरेका छन् । 

गुनासो धेरै भएपछि मापदण्ड बनाउने तयारीमा स्वास्थ्य मन्त्रालय 

आइभीएफ प्रक्रियामा विशेषज्ञताको आवश्यकता हुन्छ। तर नेपालमा यस विषयमा कुनै स्पष्ट मापदण्ड र निर्देशन छैन । नेपालमा आइभिएफ सेवाका लागि कानुनी आधार भए पनि अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नेतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन सकेका छैनन् । विशेषज्ञहरूको अभाव, पर्याप्त नियमनको अभाव, र मापदण्डविपरीतका कार्यले यो क्षेत्र थप चुनौतीपूर्ण बनेको छ ।  स्वास्थ्य मन्त्रालयले हालै मात्र समितिको गठन गरी मापदण्ड तय गर्ने र अनुगमनलाई सुदृढ बनाउने विषयमा छलफल अघि बढाएको छ । 

दक्ष डाक्टर, भौतिक पूर्वाधार र आर्थिक पाटोको कारण निसन्तान दम्पतीका लागि बरदान देखिएका आइभिएपÞm सेन्टरहरु अहिले हजारौं युवतीहरुको निसन्तानपनको  जिम्मेवार देखिएका छन् । जानकारहरुको अनुसार करिव १५ प्रतिशत दम्पतिहरुले आइभिएफ विधि मार्फत आमाबुबा बन्ने सौभाग्य प्राप्त गर्ने गरेका छन् । आइभिएफ बच्चा जन्माउने वैकल्पीक विधि भए पनि समाजमा यस विषयमा अझै गलत श्रृजना भइरहेको छ । यस तर्फ राज्य, विशेषज्ञ, सम्बन्धीत निकाय र आम मानिसको ध्यान जान आवश्यक छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved