विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2025 | 07:43:29 PM मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

मंगलबार काठमाडौं आयोजित स्तन पाठेघर तथा सर्भाइकल क्यान्सर र क्रीनिङ्ग कार्यक्रम उद्घाटन समारोहमा बोल्दै शिक्षा जीवनउपयोगी हुनुपर्ने कारण स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्ने बताए । विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ भनेर शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको पनि उनले जानकारी दिए । 

उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ ।  त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ । हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं । अब चाँही विद्यालय तहका सबैलाई आफ्नो शरिर जोगाउने चेतना प्राप्त हुनेगरी शिक्षा दिनुपर्छ ।’

त्यस्तै उनले स्क्रीनिङ्गको कार्यक्रमस्थानीय तहमा नै पुर्याउन सक्यो भने मात्रै  ५० लाखको स्क्रीनिङ्ग हुनसक्ने पनि धारणा राखे । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved