सिमेन्टमा सकियो ‘ग्रेड’को खेल, अब बोरामै देखिन्छ गुणस्तर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 22, 2020 | 12:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सिमेन्टको नयाँ गुणस्तर निर्धारण गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले यसअघि कायम ३३ ग्रेडलाई पूर्ववत् अवस्थामै राखेर नयाँ गुणस्तर निर्धारण गरेको हो । 

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको गुणस्तर परिषद्को १०२ औं बैठकले ओपिसी सिमेन्टको गुणस्तर ४३ र ५३ ग्रेड तोक्यो । आफूले ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने उद्योगले पनि गुणस्तर निर्धारण नहुँदा सिमेन्टको ग्रेड लेख्नबाट बञ्चित थिए । तर अब स्ट्रेन्थ बढी भएको सिमेन्टको गुणस्तर निर्धारण भएसँगै उद्योगले निर्धक्क आफ्नो ग्रेड लेख्न पाउने भएका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हालसम्म ओपीसी सिमेन्टलाई ३३ ग्रेडको मात्रै गुणस्तर दिने प्रावधानलाई अब ५३ ग्रेडसम्म पु¥याईएको बताए । ‘सिमेन्ट उद्योगले बढी स्ट्रेन्थ भएको सिमेन्ट उत्पादन गरे ४३ र ५३ ग्रेड पाउने गरी गुणस्तर निर्धारण गरिएको हो’ उनले भने, ‘सिमेन्ट उद्योगले गुणस्तर आवेदन दिएपछि जाँच गरेर नयाँ ग्रेड तोकिन्छ ।’ उनका अनुसार उद्योगले ग्रेडको लागि आवेदन दिएपछि प्रयोगशालामा राखेर जाँच गरिने र प्रमाणित भएपछि नयाँ ग्रेड दिईनेछ ।

यसअघि सिमेन्ट उद्योगले नेपाल गुणस्तर प्रमाण २०४९ अनुसार पाउँदै आएकोमा अब भने ‘एनएस ५७२’ पाउने विभागले जनाएको छ । नयाँ गुणस्तर कायम भएसँगै नयाँ ग्रेडको सिमेन्टको बोरामा नै ग्रेड अनुसारको ‘कलर कोड’ राख्ने प्रावधान पनि ल्याईएको विभागले जनाएको छ । 

के भन्छन् व्यवसायी ?

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा यसअघि उच्च ग्रेडको सिमेन्ट उत्पादन हुँदै आएको भएपनि प्रमाण नहुँदा भन्न नसक्ने अवस्था रहेकोमा अब सिमेन्टका बोरामै ग्रेड राखेर विक्रि गर्न पाउने गरी नीति बनेको बताउँछन् । ‘हामीले ५३ ग्रेडभन्दा माथि गुणस्तर भएका सिमेन्ट उत्पदान गरिरहेका थियौँ’ थापाले भने, ‘सरकारी नियम नै नहुँदा भन्न सकिँदैनथ्यो, तर अब सजिलो हुने भयो । यसले उद्योगमा स्वस्थ प्रतिस्पर्धा गराउँन सहयोग गर्छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत भइसकेका अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले सिमेन्टमा नयाँ गुणस्तर र नयाँ ग्रेड कायम गर्ने कुरा स्वागतयोग्य रहेको बताउँछन् । यसले सिमेन्टको गुणस्तर थप बढ्ने र बजारको हिस्सा बढाउन र आयातलाई शून्यमा झार्न पनि सघाउने उनको विश्वास छ ।

यसअघिः

ग्राहक लोभ्याउन सिमेन्ट उद्योगमा ‘ग्रेड’ को खेल !

नेपाली सिमेन्ट भारत र चीनमा बिक्रि गर्न कति सम्भब ? उद्योगी भन्छन, ‘इफ र बट धेरै छन’ 

नेपालको सिमेन्ट किन दक्षिण एशियाकै महङ्गो ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved