राज्यमन्त्री दूगड सहित परिसंघको टोली नयाँ दिल्लीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 07:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएका छन् । शुक्रबारबाट हुन गइरहेको विश्व व्यापार सम्मेलनमा सहभागी हुन् परिसंघको टोली नयाँ दिल्ली गएको हो ।

उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विक्ष्णु कुमार अग्रवालले गरेका जनाइएको छ । वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको सत्रमा “लघु, घरेलु, साना र मझौला”उद्योगहरुको महत्व सहित नेपालमा उक्त क्षेत्रको सम्भावनाका विषयमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्ने  कार्यक्रम रहेको छ । 

उक्त सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगड र मन्त्रालयका उपसचिव श्रीधर गौतम पनि सहभागि हुने परिसंघले जनाएको छ । परिसंघका अनुसार राज्यमन्त्री दूगडले उक्त सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्नै कार्यतालीका रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved