कोरोनासँग लड्न परिसंघको सरकारसँग सहकार्य सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 07:15:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरससँग लड्न सरकारसँग सहकार्य गर्ने भएको छ। अहिलेको बिषम परिस्तिथिमा कसरि सहयोग गर्न सकिन्छ भन्ने बिषयमा परिसंघले सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ। 

छलफलमा निजि क्षेत्रले आपूर्ति व्यवस्था नियमित राख्ने, अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउन सहकार्य गर्ने, रोगथामका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन सक्ने गरि कुराकानी भएको जनाइँएको छ। 

उपप्रधानमन्त्री एवं संयोजक ईश्वर पोख्रेलले सरकारी तयारी बारे जानकारी गराउँदै अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्तिमा सघाउन र सरकारसँग सघन सम्पर्कमा रहेर विषम परिस्थितिको सामना गर्न सहकार्यको अपरिहार्यता स्पष्ट  पारे।  

यी विषयमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले निजी क्षेत्रमा आपसी समन्वय गरी सरकारलाई यथासक्य छिटो उपलब्ध सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे । परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आवश्यक सहकार्य र सहयोग उपलब्ध गराउन तयारी अवस्थामा रहेको जानकारी गराए। उक्त छलफल कार्यक्रममा परिसंघका पदाधिकारी तथा गभनिङ्ग काउन्सिलका सदस्यहरुको उपस्थिति रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved