कोरोना नियन्त्रण कोषमा एफएनसीसीआईले दियो ५१ लाख, थप ९१ लाखको जिन्सी सहयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 06:28:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा सहयोग गरेको छ । महासंघको टिमले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आज सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गरेको हो। 

त्यस्तै महासंघले बाँकी ९१ लाख बराबरको स्वास्थ्य तथा खाधान्न लगायतका सामग्रीहरु समेत सहयोग गरेको छ। सहयोग हस्तान्तरण कार्यक्रममा महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल सहितको उपस्थिति थियो ।  

लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउन महासंघले जनाएको छ । आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको जनाइएको छ।

महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिसकेको छ भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved