परिसंघद्वारा राष्ट्र बैंक र सरकारको राहत घोषणाको स्वागत, दिर्घकालिन योजना ल्याउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 02:34:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंक र सरकारले ल्याएको आर्थिक प्याकेजलाई स्वागत गरेको छ। लकडाउन जस्तो विषम परिस्थितसँग जुध्न मौद्रिक नीतिमा गरेको व्यवस्थाले निजि क्षेत्रको मनोबललाई जोगाउन मद्दत पुग्ने भन्दै संघले राष्ट्र बैंकको निर्णयलाई सकरात्मक भनेको छ। 

त्यस्तै सरकारले हिजोको मन्त्रिपरिषद्को बैठकबाट गरेको वित्तीय तथा आर्थिक प्याकेज र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको लागि ल्याएको छुट सहितको आर्थिक प्याकेजलाई समेत संघले प्रशंसा गरेको छ। 

सरकारले ल्याएको अल्पकालीन राहत प्याकेज समग्रमा राम्रो भएको भन्दै हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई सुचारू गराउन मध्यम तथा दिर्घकालिन योजना पनि ल्याउनेमा आफुहरु बिश्वस्त रहेको संघले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved