उद्योग परिसंघद्वारा इकोनोमिक सरभाइभल सिरिजको रिपोर्ट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 07:08:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले यही जेष्ठ ५ देखि ८ सम्म आयोजना गरेको इकोनोमिक सरभाइभल सिरिजको पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेको छ । वेबिनार मार्फत परिसंघका अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ आर्थिक पत्रकारहरुले रिपोर्टको स्क्रिन शेयर गरी पोष्ट वेबिनार रिपोर्ट सार्वजनिक गरेका हुन् ।

रिपोर्टमा कोभिड-१९ बाट अर्थतन्त्रलाई कसरी बचाउने भनी इकोनोमिक सरभाइभल थिममा रहेर जेष्ठ ५ देखि ८ गते सम्म वेबिनार छलफल भएको थियो । वेबिनारको पहिलो सिजनमा बैंकिंग र फाईनान्स, दोस्रो सिजनमा रिइन्फोर्स  इनर्जी एण्ड एग्रिकल्चर, तेस्रो सिजनमा रि-स्टार्ट इन्डष्ट्रि एण्ड लेवर र चौथो सिजनमा र रेस्पोंड इकोनोमिमा छलफल भएको थियो ।  

आर्थिक पत्रकारहरु समेतको सहभागितामा रिपोर्ट सार्वजनिक गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले अहिलेको विषम परिस्थितीमा सामान्य वित्तीय नीति तथा व्यवस्थाको सहाराले अर्थतन्त्र बाँच्ननसक्ने उल्लेख गर्दै सवै मिलेर आर्थिक संकटको सामना गर्ने र पुनरुत्थानमा जुट्न आवश्यक रहेको निष्कर्ष यो रिपोर्टले प्रस्तुत गरेको बताए । त्यस्तै रिपोर्ट प्रस्तुत गर्दै परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले वेबिनार छलफलमा उठेका विचार तथा सुझावका आधारमा कोभिड-१९ र लगातारको लकडाउनबाट सिर्जना भएको आर्थिक संकटबाट जोगिन अल्पकालीन राहत तथा दीर्घकालीन व्यवस्था मार्फत् अर्थतन्त्रलाई बचाउने उपायहरु रिपोर्टमा प्रस्तुत गरिएको बताए । 

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले प्रस्तुत रिपोर्टले कोभिड-१९ ले अर्थतन्त्रमा देखिएका संकट समाधान गर्ने तर्फ अघि बढ्न सघाउने विश्वास लिइएको उल्लेख गरे ।

परिसंघले सम्बन्धित निकायहरुमा पनि रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved