परिसंघले व्यवसायीलाई भन्यो, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 06:36:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले व्यवसायीहरुलाई स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न अनुरोध गरेको छ । परिसंघले लकडाउनका कारण बन्द रहेका उद्योग व्यवसाय सञ्चालन हुन थालेपछि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न व्यवसायीलाई अनुरोध गरेको छ । 

‘आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि परिसंघका सदस्य लगायत सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दछ’ परिसंघले भनेको छ । 

कार्यस्थलमा भौतिक दूरी कायम गर्ने, सवारी साधानको प्रयोग गर्ने सम्बन्धमा, उत्पादन प्रशोधन तथा सामाग्री व्यवस्थापन गर्दासमेत कोभिड प्रोटोकलको पूर्ण पालनाको लागि परिसंघले आग्रह गरेको छ । औद्योगिक उत्पादनहरु ढुवानी र बजार व्यवस्थापनमा समेत सरकारले तोकेका मापदण्डहरुको पूर्ण पालना गर्न परिसंघले अनुरोध गरेको छ । 

उद्योग सञ्चालन, ढुवानी तथा बजारीकरणको सिलसिलामा संकास्पद संक्रमित व्यक्तिहरु देखिएमा सुरक्षित तवरबाट स्वास्थ्य संस्थामा पु¥याउने, औद्योगिक प्रतिष्ठानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र व्यवस्थापनबाट प्रोटोकलको पालना भएन भएको अनुगमन गर्ने कार्यहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन परिसंघले अनुरोध गरेको छ । 

उद्योग प्रतिष्ठानहरुमा सरकारले तोकेको निश्चित प्रोटोकल सम्बन्धमा चेकलिष्ट नै बनाई उद्योग परिसरमा राख्न समेत परिसंघले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved