गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 11:26:42 AM मा प्रकाशित

laxmi  sunrise bank

विशाल ग्रुपको लगानी रहेको कमला रोलिङ मिल्स स्टिल्सले उत्पादन गर्दै आएको स्टिल्स डण्डी गुणस्तरहीन प्रमाणित भएको छ । मोरङस्थित कमला रोलिङ मिल्सबाट उत्पादित स्टिल्स डण्डी गुणस्तरही भटिएपछि नेपाल नापतौल तथा गुणस्तर विभागले गत असार २६ गते नै कम्पनीको उत्पादन इजाजत रद्द गरिदिएको थियो । 

विभागले गत असारमा गरेको नमूना संकलनको ल्याब परीक्षण गर्दा गुणस्तरहीन भेटिएपछि इजाजत रद्द गरिएको जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले घटना अहिलेको नभई पूरानै भएको र स्पष्टिकरण सोधेर उत्पादन इजाजत रद्द गरिएको जानकारी दिए । कम्पनीले गल्ती स्वीकार गरेर स्पष्टिकरण पठाएको विभाग स्रोत बताउँछ ।

‘उहाँहरु बिराटनगर तिर हुनुहुन्छ, कोभिडले गर्दा आउन नपाउनु भएको हुनसक्छ, हामीले असार १२ गते नै स्पष्टिकरण माग्यौँ’ महानिर्देशक पुडासैनीले बिजपाटीसँग भने, ‘उहाँहरुले स्पष्टिकरण पठाउनु भएको छ, यसमा थप कारबाही हुन बाँकी छ, अहिलेलाई गुणस्तर प्रमाण चिन्ह ऐन अनुसार उत्पादन इजाजत रद्द गरिएको छ ।’

विभागका अनुसार उक्त कम्पनीले उत्पादन गर्ने एफइ ५०० टिएमटी बार १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएमका डण्डी तोकिएको गुणस्तर पालना नगरी उत्पादन गरेर बजारमा पठाईएको भेटिएको हो । डण्डीमा सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनपर्नेमा ०.०६० प्रतिशत, फोस्फरसको मात्रा ०.०५५ प्रतिशत हुनेपर्नेमा ०.०५९ प्रतिशत पाईएको थियो ।

डण्डी कम गुणस्तरको रहेको प्रमाणित भएपछि विभागले कम्पनीलाई बजारमा पठाएको डण्डी फिर्ता लिन र बिक्री नगर्न निर्देशन नै दिएको छ । तर, कम्पनीले हालसम्म बजारमा कति गएको थियो, कति स्टक थियो र कति फिर्ता ल्याईयो भन्ने जानकारी नै विभागमा नपठाएको पाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved