महासंघको निर्वाचन तालिका सार्वजनिक, कुन पदको मतदान स्थल कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 10:18:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा पद अनुसार फरक फरक ठाउँमा मतदान हुने भएको छ । महासंघको निर्वाचन समितिले साधारसभा र निर्वाचनको तालिका बारे सूचना जारी गरेरै बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ । अरु कार्यकारिणी सदस्यहरुको निर्वाचनका लागि भने महासंघको भवन टेकुलाई नै मतदान स्थल तोकिएको छ । 

निर्वाचन समितिले उम्मेद्वारी दर्ताका लागि मंसिर ४ गते साँझ ५ बजे सम्मको समय तोकेको छ । जिल्ला नगरस्तरीय संघ र बस्तुगत संघले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेद्वार खडा गर्ने जिल्ला नगरस्तरीय उद्योग वाणिज्य संघ र बस्तुगत संघले उम्मेदरवारसहित ३ जना प्रतिनिधि पठाउन सक्ने छन् । 

महासंघको निर्वाचन आगामी मंसिर १२ गते हुने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved