औषधि दर्ता नियमावली तेश्रो संशोधन स्वीकृत, के के थपिए विषय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 03:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि दर्ता नियमावली तेश्रो संशोधन स्वीकृत भएको छ । असोज २९ गतेको मन्त्रिपरिषद् बैठकले औषधि दर्ता नियमावलीको संशोधन प्रस्ताव स्वीकृत गरेको हो । यसअघिको व्यवस्था अनुसार नेपाली औषधि उद्योगले उत्पादन अनुज्ञापत्र, बजारको बिक्रि वितरण अनुमतिपत्र र पैठारी अनुमति पत्र लिँदा लाग्ने शुल्क १ हजार प्रतिशतसम्म बढाईएको थियो । नियमावलीको दोस्रो संशोधनले २ सय शुल्क लाग्नेमा बढाएर ३ हजारसम्म पुर्याएपछि नेपाल औषधि उत्पादक संघले आपत्ति जनाएको थियो ।

नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थमा १५ सयबाट बढाएर ३ हजार भन्सार शुल्क पुर्याइएको थियो । औषधि उत्पादकहरुले यसको विरोध गरेपछि स्वास्थ्य मन्त्रालयले बढाईएको शुल्क समायोजन हुने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । उद्योगीहरुले यसअघि २ सय कायम रहेको शुल्क बढीमा ५ सय मात्रै पुर्याउन अनुरोध गरेका थिए ।

३ हजारबाट केही घटेको भएपनि कति घट्यो भन्ने जानकारी भने संशोधित नियमावली पूरै हेरेपछि मात्रै थाहा हुने भएको छ ।

‘हामीले यी ३ शीर्षकमा वर्षमा ४५ देखि ४६ हजार रुपैयाँ तिर्दै आएका थियौँ, तर अघिल्लो पटक नियमावली संशोधन गरेर हामीलाई थाहा नै नदिई ९÷१० लाख लाग्ने बनाईयो’ औषधि उत्पादक संघका पूर्व अध्यक्ष दीपक दाहालले भने, ‘त्यसपछि हामीले यो अत्याधि धेरै भयो भन्यौँ, मन्त्रालय कन्भिन्स भएर अहिले घटाएको छ । कति घटायो भन्ने जानकारी नियमावली हेरेपछि थाहा हुन्छ ।’ 

स्वास्थ्य मन्त्रालय स्रोतले भने शुल्क घटेको भएपनि यति नै घट्यो भन्ने जानकारी भने प्रधानमन्त्री कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयमा आउने क्रममा रहेको बताएको छ । उद्योगीले भनेजत्ति नै कायम नहुने र यसअघि कायम भएको पनि यथावत नरहने गरी शुल्क समायोजनको प्रस्ताव पठाईएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved