महासंघमा चन्द्र ढकाल प्यानलको उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 04:02:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकू पुगेर ढकालसहित उनको प्यानलले उम्मेद्वारी घोषणा गरेको हो ।

ढकाल प्यानलको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् । 

महासंघको ५४ औं वार्षिक साधारणसभा र निर्वाचन मंसिर ११, १२ र १३ गते हुँदैछ ।

उम्मेदवारहरुले कार्तिक ५ गते बुधबारदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्नेछन् । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजागत मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved