‘महासंघ भित्र पूर्व अध्यक्षहरुको राजनीतिक चलखेल चल्न दिँदैनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 03:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आगामी अध्यक्ष शेखर गोल्छाले महासंघ भित्र राजनीतिको क्यान्सर फैलिएको बताएका छन् । उनले आफू नेतृत्वको आगामी कार्यसमितिले महासंघ भित्र फैलिएको राजनीतिको क्यान्सरलाई फालिदिने दाबी पनि गरे ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समूहको उम्मेदवारी मनोनयन पूर्व आयोजित परिचयात्मक कार्यक्रममा हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले आफूहरुले महासंघका पूर्व अध्यक्षहरुलाई सदैव सम्मान गरेर आवश्यक पर्दा सहयोग लिने तर उनीहरुको बिकृत राजनीतिको शिकार महासंघलाई हुन नदिने बताएका हुन् ।

‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ, राजनीतिको क्यान्सर । अब हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ । जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ’ गोल्छाले भने, ‘अरु कोही व्यक्ति जो निर्वाचित छैनन् उनीहरुको कुनै चलखेल महासंघमा हुन दिदैनौं । किनभने यो सबै विकृति हो भन्ने मलाई लाग्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved