स्काउट र पूर्वमन्त्री बीचको विवादले विचल्लीमा लैनचौरका व्यवसायी

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Nov 23, 2020 | 01:59:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्काउट र पुर्वमन्त्रीबीचको विवादका कारण लैनचौरका व्यवसायी मारमा परेका छन्। लैनचौरको जग्गा भाडा सम्बन्धमा स्काउट र पुर्वमन्त्रीबीचको विवादका कारण त्यहाँका व्यवसायीहरु मारमा परेका हुन् ।

नेपाल स्काउट र पुर्व राज्यमन्त्री समेत रहेका कांग्रेस नेता दिपक खड्काको लगानीको खड्का ल्याण्ड डेभलपमेन्टको आन्तरिक विवादका कारण लैनचौरका व्यवसायीले गत कात्तिक १ गतेदेखि बिद्युत  र खाने पानी नपाएको बताएका छन् । ५० भन्दा व्यापारीले खड्का ल्याण्डको वेवास्ताका कारण नियमित रकम बुझाउँदासम्म बिजुली तथा पानी नपाएको बताएका छन् । 

स्काउटको नाममा रहेको लैनचौरको  करिव २४ रोपनी सरकारी जग्गामा बनेको भवन तथा जग्गा लामो समयदेखि खड्का ल्याण्ड डेभपलमेन्ट प्रालिले भाडामा लिएर अन्य व्यवसायीलाई भाडामा लगाउँदै आएको थियोे । भाडामा लगाईएको व्यवसायीले नियमित रुपमा भाडा बुझाउँदै आएतापनि खड्का ल्याण्डले रकम नबुझाउँदा विवाद चर्किएको स्काउटको आरोप छ।

लामो समयदेखि बस्दै आएको खड्का ल्याण्डले गत मंसिर देखि विद्युत र पानीको रकम तथा गत चैत देखि भाडा बापतको रकम भुक्तानी नगरेको स्काउटले बताएको छ । पटक पटक ताकेता गर्दा रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युत तथा पानी काट्न परेको स्काउटले जनाएको छ । 

स्काउटका निर्देशक रामप्रसाद भटराई लामो समयदेखि ताकेता गर्दा सम्पर्कमा नै नआएपछि बाध्य भएर विजुली र पानी कटौती गर्नु परेको बताउँछन् । स्काउटको निजी ट्रान्सफर्मरबाट विद्युत कटौती गरेको भन्दै पुरा रकम भुक्तानी नभएसम्म सुचारु नहुने उनी बताउँछन् । उनका अनुसार विद्युतको १५ लाख तथा भाडा बापत २ करोड बढी रकम भुक्तानी बाँकी छ । 

‘विजुलीको भुक्तानी लामो समयदेखि रोकियो, पटक पटक ताकेता गर्दा सम्पर्कमा नै आउन नचाहेपछि बाध्य भएर विजुली कटौँती गरेका हौँ’, उनले भने, ‘पहिला स्काउटको जग्गा भित्र नै ट्रान्सफर्मर राखिएको थियो, रकम नबुझाएपछि हामीले यसअघि पनि विजुली कटौती गरेका थियौँ, तर बिना सूचना गुन्डागर्दी रुपमा विजुली सुचारु गरेपछि स्काउटको सचिवायल भित्र ट्रान्सफर्मर सारेका छौँ । अहिलेसम्मको सबै रकम भुक्तानी नभएसम्म विजुली र पानी सुचारु हुँदैन् ।’ 

सरकारी जग्गा भाडामा लिने तर रकम भुक्तानी गर्दा अनेक विवाद ल्याउने कार्य भएको स्काउटले जनाएको छ । खड्का ल्याण्डले स्काउटसँग सस्तोमा भाडामा लिएर व्यवसायीबाट २ गुणा महङ्गो भाडा लिने तर स्काउटमा नबुझाउने जस्ता कार्य गर्दै आएको स्काउटका अधिकारीहरु बताउँछन् । 

रकम भुक्तानीका लागि स्काउटले लेखेको पत्रलाई आधार बनाएर अदालत जाने र अनेकन बखेडा निकाल्न थालेपछि स्काउटले पत्र पठाउँदैन भने आएका पत्र समेत नलिने गरेको जनाईएको छ । 

रोक्का खातामा जर्वजस्ती रकम जम्मा

स्काउटलाई बिना जानकारी तोकेको भन्दा कम रकम जम्मा गर्ने गरेको र लिजमा लिएको जग्गाको अबधि सकिएपछि पनि बलपूर्वक बस्ने गरेपछि बैंक  खाता नै रोक्का गर्नुपरेको निर्देशक भटराई बताउँछन् । गत भदौँबाट स्काउटको नाममा नेपाल इन्भेष्टमेन्टमा बैंकमा रहेको खाता रोक्का गरिएको हो । 

खाली रहेको ठाउँ सरसफाई एवं पार्किङको व्यवस्थापन गर्न २०७१ साल चैत २७ गते बसेको स्काउटको आयुक्त एवं पदाधिकारीको बैंठकले स्काउटलाई आवश्यक परेको बेलामा खाली गर्ने शर्तमा केही समयका लागि मासिक ५० हजारका दरले भाडामा दिने निर्णय गरेको थियो । बिना बोलपत्र एक व्यक्तिलाई चलनचल्ती भन्दा कम शुल्कमा भाडामा दिएको भन्दै २०७५ सालदेखि जग्गा खाली गर्न ताकेता गर्दा समेत खाली नगरेपछि बैंक खाता रोक्का गरिएको भट्राई बताउँछन् । 

‘गत भदौँमा रोक्का गरिएको खातामा कात्तिक महिनामा ५५ लाख रकम जम्मा भएको भन्ने खबर आएको छ, रोक्का गरिएको खातामा कसरी रकम जम्मा भयो हामी अचमीत परेका छौँ, जुन खाताबाट रकम जम्मा भएको हो, सोही खातामा रकम पठाउन हामीले बैंकलाई पत्र नै पठायौँ’, उनले भने, । 

एउटा सरकारी कार्यालयले रोक्का गरेको खातामा पावर लगाएर रकम जम्मा गरेर अदालतमा प्रमाण पेश गरेको स्काउटले आरोप लगाएको छ । कात्तिक २० गते रकम जम्मा गरेर २७ गते काठमाडौँ जिल्ला अदालतमा रकम भुक्तानी गर्दा समेत विजुली कटौती गरेको मन्दै मुद्धा दर्ता भएको जानकारी आएको उनी बताउँछन् । 

‘राज्यको सम्पत्ति अदालतले व्यक्तिलाई सुम्पिन्छ भने हामी जेल जान तयार छौँ, तर कुनै व्यक्तिको स्वार्थमा राज्यको सम्पत्ति दिन सक्दैनौ, सरकारी सम्पत्तिको रक्षा गर्नु हाम्रो कर्तव्य हो’, उनले भने ।

रकम भुक्तानीहुँदा समेत विजुली काटियो

यता स्काउटको जग्गा भाडामा लिएको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका व्यवस्थापक शेवक पौडेल समयमा रकम भुक्तानी गर्दा पनि स्काउटका पदाधिकारीले दुख दिने गरेको बताउँछन् । दलिय स्वार्थका कारण लामो समयदेखि घरजग्गा कारोबारे गर्दै आएको कम्पनीलाई बदनाम गराउन खोजिएको उनी बताउँछन् । हाल रहेको स्काउट तदर्थ समितिले आफू निकटका व्यक्तिलाई सबै जग्गा सुम्पन्ने तयारी गरेको भन्दै खड्क ल्याण्डलाई बदनाम गराएर जर्वरजस्ती हटाउन खोजिएको उनको दाबी छ । 

उनका अनुसार स्काउटले पछिल्लो समय बिना जानकारी चार्डपर्वको मुखमा आएर बिजुली तथा पानी कटौती गरेको, नियमित रुपमा रकम जम्मा गर्दै आएको बैंक खाता रोक्का गरेको र अर्को खाता उपलब्ध गराउँदा वेवास्ता गर्दै आईएको छ ।  

विद्युत कटौती भएको छैन, प्राधिकरण

यता नेपाल विद्युत प्राधिकरण लैनचौर स्थीत स्काउटको जग्गामा विद्युत कटौती नभएको जनाएको छ । नियमित शुल्क भुक्तानी भएको भन्दै प्राधिकरणबाट कुनै समस्या नभएको प्रवक्ता मदन तिमल्सीना बताउँछन् । 

उनका अनुसार स्काउटको जग्गामा सञ्चालन भएको मेला रेस्टुरेन्टलाई दिएको थ्री फेसको विद्युत कटौती गर्न स्काउटबाट निवेदन आएतापनि विद्युत कटौती गरिएको छैन् । 

‘हाम्रो ग्राहक रेस्टुरेन्ट हो, स्काउटको निवेदन अनुसार विद्युत कटौती गर्न मिल्ने नमिल्ने विषयमा कानुन विभागमा रायका लागि पठाएका छौँ । उताबाट राय आएपछि यस विषयमा थप निर्णय हुनेछ’, उनले भने, ‘स्काउटले अन्य व्यापारीको समेत विद्युत कटौती गरेको हामीलाई निवेदन आएको छ, स्काउटको निजी ट्रान्सफर्मर छ । विद्युत कटौती गर्ने र सुचारु गर्ने जिम्मा स्काउटको हो ।’ 

स्काउट र डेभलपेमेन्ट कम्पनीको आन्तरिक किचलोका कारण उक्त रेस्टुरेन्टको विद्युत कटौती गर्न निवेदन आएको उनी बताउँछन् ।  गैर राजनितीका संस्थाको रुपमा रहेको नेपाल स्काउटमा राजनितीक खिचतानी बढेको छ । राजनीतिक खिचलोको प्रत्यक्ष असर नै भाडामा दिईएको सटरमा विद्युत आपूर्ति बन्द हुनुको मूल कारण रहेको जानकारहरु बताउँछन् । 

स्काउटका संयोजक लोकवहादुर भण्डारी नेपाल कम्यूनिष्ट पार्टीका सदस्य तथा स्काउटको जग्गा भाडामा लिएको खडकल्याण डेभलपेमेन्ट प्रालि पूर्वमन्त्री दिपक खड्काको रहेको छ । 

मारमा व्यवसायी 

नियमित रुपमा सटरको भाडा र बिजुली बत्तिको शुल्क तिर्दै आएपनि बिद्युत र पानि काटिंदा आफुहरु अप्ठ्यारोमा परेको लामो समयदेखि नेपाल स्काउटको जग्गामा बस्दै आएका एक व्यवसायीको भनाई छ। 

आफुहरुले खड्का ल्याण्डलाई नियमित रुपमा भाडा र शुल्क तिर्दै आएपनि घटस्थापनाको साँझ अकस्मात बिजुली र बत्ति बन्द गरिएको प्रति आक्रोसित हुँदै ति व्यवसायीले यस विवादको चर्को आलोचना गरेका छन्। 

घटस्थापना यता जेनेटर र ट्यांकरबाट किनेको पानिले आफ्नो काम चलाउदै आएको ति व्यवसायीको भनाई छ। उनीहरु नेपाल स्काउट र खड्का ल्याण्ड बीचको विवादका कारण आफ्नो व्यवसाय मारमा परेको बताउदै ति व्यवसायीले दुवै पक्षले समाधान नखोजे आफुहरु आन्दोलित हुने चेतावनी समेत दिए। आफुहरुले कोरोनाको लकडाउन जस्तो काटिन समयमा पनि भाडा तिर्दै आएपनि थाहा नै नदिई नेपाल स्काउटले बिद्युत र पानी काट्नु सरासर अन्याय भएको ति व्यवसायीको दुखेसो छ। 

लैनचौरमा रहेको नेपाल स्काउटको २४ रोपनी जग्गामा पार्टी प्यालेस सहित करिब ५० वटा जति सटर रहेका छन्। खड्का ल्याण्डले व्यवसायीहरुबाट प्रति सटर ३५ देखि ५० हजारसम उठाउदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved