३ दिनभित्र उखु किसानको पैसा तिर्नलाई श्रीराम सुगर मिल सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 12:35:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले श्रीराम सुगर मिलले उखु किसानलाई भुक्तानि गर्नुपर्ने रकम खातामा हाल्न सुरू गरेको जनाएका छन्। संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त उद्योगका संचालकले भुक्तानि रकम किसानको खातामा हाल्न सुरू गरेको जनाएका हुन्। 

लामो समयदेखि उद्योगका जग्गा बिक्रिगरेर रकम भुक्तानी गर्न सरकारले सहयोग नगरेपछि अन्य स्रोतबाट रकम भुक्तानी गर्न सुरू गरेको जानकारी आएको उनले बताएका हुन । चिनि मिलले किसानलाइ रकम भुक्तानी नगरेको भन्दै किसानहरू आन्दोलनमा आउँदा किसान उखु खेतिबाट नै पलायनको अवस्थामा आएको उनी बताउँछन्। 

किसानहरू आन्दोलनमा आएपछि चिनी मिलका संचालकलाई सम्पर्क गर्दा ईन्दिरा र अन्नपूर्ण मिलका संचालक सम्पर्कमा नआएको उनले जानकारी दिए । श्रीरामले भुक्तानि दिन ३५ करोड बाँकि रहेको उद्योग मन्त्रालयले जनाएको छ । उद्योग मन्त्री लेखराज भट्टले श्रीराम सुगर मिलले ३ दिनभित्र भुक्तानि गर्ने सहमति जनाएको बताएका छन् । गृह मन्त्रालयले उद्योगिलाई पक्राउ गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि ३ दिनभित्र भुक्तानी गर्ने जनाएको बताएका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved