चिनी मिलका सञ्चालकलाई पक्राउ नर्गन नेताहरुको फोन आयोः मन्त्री भट्ट (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 12:58:20 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी मिलका सञ्चालकलाई पक्राउ नगर्न नेताहरुको फोन आएको बताएका छन् । उखुको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न उद्योग मन्त्रालयले गृह मन्त्रालयमा पत्राचार गरेपछि यसरी फोन आएको मन्त्री भट्टले बताएका हुन् ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । 'किसानको नाममा ट्वीटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्रन भन्ने यो कस्तो चरित्र ?'  मन्त्री भट्टले प्रश्न गरे ।

कुन उद्योगी नपक्रन कुन नेताले फोन गरेको भन्ने चै उनले खुलाएनन्।

भिडियो


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved