हाताहाती कारोबारपछि सिमेन्ट र डण्डी उद्योगलाई फाइदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 12:42:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन गरेपछि निर्माण क्षेत्र सुस्ताएको थियो । लकडाउन खोलिएपछि निर्माण क्षेत्रमा फाट्टफुट्ट काम हुन थालेसँगै निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुले राहत महशुस गरेका छन् । 

विशेषगरी उधारोमा सामान बेच्न बन्द गरेका सिमेन्ट र डन्डी उद्योगले राहत महशुस गरेका छन् । बजारबाट उठ्नुपर्ने अर्बौं रुपैयाँ पैसा नउठेपछि गत असार ३१ गतेबाट सिमेन्ट र डण्डी उद्योगीहरुले उधारोमा सामान दिन छोडेका थिए । त्यसपछि नगदमै कारोबार हुन थालेसँगै कोभिडले थला परेको व्यवसायले राहत महशुस गरेका सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् । 

उनका अनुसार नगद कारोबारसँगै बक्यौता रकम पनि उठाउने क्रम बढेपछि अहिले बजारबाट उठ्न्पर्ने रकम निकै थोरै छ । हार्डवेयर पसलहरुलाई उधारोमा सामान नदिने निर्णयले बजारबाट बक्यौता रकम उठ्न सहयोग पुगेको स्टिल रोलिङ मिल्स एसोसियसनका उपाध्यक्ष किरण साखः बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved