मैदा उद्योग संघको अध्यक्षमा दुगड चयन, मैदाको आयात पूर्ण रुपमा रोक्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 03:21:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड चयन भएका छन् । संघको २२औं बार्षिक साधारण सभाले दुगडलाई आगामी २ बर्षको लागि निर्बिरोध अध्यक्ष पदमा चयन गरेको हो। 

भाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ । अध्यक्ष दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भईसकेका थिए। 

साधारणसभाले आधा दर्जन बढी निर्णय गर्दै त्यसको कार्यान्वयनको लागि नियामक निकाय सँग अनुरोध गर्ने निर्णय गरेको छ । जसमा मु.अ.करका कारण आयातित मैदा संग प्रतिस्पर्धा गर्न नसकेको हुंदा मु.अ.कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने,  मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुंदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनु पर्ने, कच्चा पदार्थ गहुं र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने,  गहुं र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनु पर्ने लगायत छन्  । 

त्यस्तै गहुं आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाइ उद्योगकै नाममा गहुं आयात गर्दा १ प्रतिशत हुन पर्ने । कमसेकम अफ सिजनमा भएपनि स्वदेशी उद्योगलाई सहुलिएत दरमा गहुं आयात गर्न पाउनु पर्ने, फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनु पर्ने , नेपालमा गहुं उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने रहेका छन् । 

संघले स्वदेशी मैदा विदेश निर्यात हुनको लागि मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदान लाई पून ५ प्रतिशत कायम हुनु पर्ने माग गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved