सिमेन्टको भाउ बढ्यो

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 28, 2021 | 12:56:41 PM मा प्रकाशित

निर्माण सामग्रीको मूल्य बढिरहेको बेलामा सिमेन्टको भाउ पनि बढेको छ । सिमेन्ट उत्पादक कम्पनीहरुले एक बोरामा २५ रुपैयाँ भाउ बढाएका हुन् । 

बजारमा माग नहुँदा बोरामा १०० रुपैयाँसम्म मूल्य घटाएका उद्योगीहरुले सिमेन्टको निर्माणको सिजनमा माग बढ्ने देखेपछि मूल्य बढाउन थालेका हुन् । कोरोनाका कारण भौतिक संरचना निर्माणको काम ठप्प प्रायः हुँदा सिमेन्टको माग थिएन । त्यतिबेला उधारोमा सामान बिक्रि नगर्ने भन्दै मूल्य सस्तो बनाएको उद्योगीहरुले अहिले भाउ बढाएका हुन् । 

‘कोरोनाको खोप लगाउन थालिसकिएको छ, फ्रन्टलाइनरहरुले लगाउन थालिसके’ एक जना उद्योगीले भने, ‘अब डर कम हुँदै गएका कारण विकास निर्माणका कामले गति लिने देखिएको छ । पहिला घाटा खाईयो, अब उकास्नुपर्यो नि ।’ 

सिमेन्ट उत्पादक संघका अनुसार अहिले ओपिसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ६७५ देखि ७ सय रुपैयाँ र पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ४७५ देखि ५५० रुपैयाँको हाराहारी पुगेको छ । निर्माणको सिजन भएकाले जेष्ठसम्म विकास निर्माणका कामले गति लिए सिमेन्टको माग पुरानै अवस्थामा फर्किने उद्योगीहरुको अपेक्षा छ ।

अहिले नेपालमा सिमेन्टको माग भन्दा आपूर्ति धेरै छ । नेपाली बजारमा सिमेन्टको माग वार्षिक एक करोड टन छ भने उत्पादन क्षमता वार्षिक डेढ करोड टन छ । 

यसअघिः

सिमेन्टको भाउ बढ्ने, उद्योगी भन्छन्, ‘संकेत मात्रै हो’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved