सुपर खुदी आयोजनामा बिओकेको आगुवाईमा ५ बैंकले लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2021 | 05:31:56 PM मा प्रकाशित

laxmi  sunrise bank

 सुपर खुदी जलविद्युत कम्पनीले निर्माण गरिरहेको अप्पर खुदी जलविद्युत आयोजना निर्माणको लागि वित्तीय स्रोत जुटेको छ । आयोजनामा  बैंक अफ काठमाण्डूको अगुवाईमा थप ४ बैंकले लगानी गर्ने भएका हुन्।

आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाइमा ग्लोबल आई.एम.ई. बैंक, सिभिल बैंक, मेगा बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले लगानी गर्ने भएका हुन् । आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३० प्रतिशत कम्पनी कै लगानी रहनेछ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण भईरहेको २१.२१ मेगावाट क्षमताको अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रहेको छ ।  आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । 

यो लगानी संगै उर्जा क्षेत्रमा बैंक अफ काठमाण्डूको सम्लग्नता ३४ वटा परियोजनामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved