आईपिओ निष्काशन तयारीमा रहेको सर्वोत्तम सिमेन्टले उत्पादन क्षमता बढायो

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 24, 2021 | 01:03:12 PM मा प्रकाशित

sarbottam cement

सर्वोत्तम सिमेन्टले उद्योेगको उत्पादन क्षमता बढाएको छ ।  पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले क्षमता बढाएर  ४०,००० बोरा प्रति दिन बाट ६०,००० बोरा बनाएको हो । यस संगै  सिमेन्टको पहुँच अझै सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । यस उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको जनाएको छ ।

कम्पनी बुक विल्डिङ विधिबाट सर्बसाधारणलाई आईपिओ निष्काशनको समेत तयारी गरेको छ । कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

३ अर्ब ४० करोड रुपैयाँ चूक्ता पूँजि भएको कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै कम्पनीले सेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया सुरु गरेको छ ।

६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ। यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। 

 आईपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजि ४ अर्ब रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved