अम्बे स्टील्स्को डिलर सम्मेलन सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 05:41:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अम्बे स्टील्स्ले फाल्गुन १४ गते शुक्रबार डिलर सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा अम्बे स्टील्स्का ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायतको उपस्थिती थियो ।  

अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउन सम्मेलनको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

अम्बे स्टील्स्ले आफ्नो भैरहवा र नेपालगञ्जस्थित दुईवटा फ्याक्ट्रीबाट दैनिक १४०० टन छड उत्पादन गर्दै आएको छ । यस कम्पनीबाट उत्पादित टि. एम. टि छड अन्तर्राष्ट्रिय गुणस्तरको छ । 

सम्मेलनमा उपस्थीतलाई सम्बोधन गर्दै अम्बे स्टील्स्का प्रतिनिधिले डिलरको मिहेनत र ग्राहकसेवाले गर्दा कम्पनी नयाँ उचाईमा पुगेको भन्दै डिलरहरुलाई धन्यवादसमेत दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved