नेपालको पूरानो बियर ‘आइसबर्ग’ अब नयाँ स्वादका साथ बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 12:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा आएको हो ।

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब नयाँ स्वादका साथ बजारमा आएकाले उपभोक्ताले फरक स्वादको अनुभूति गर्ने सिजी होल्डिङ्सको दाबी छ । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो । 

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भएपनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो । यसको ६५० एम.एल.को बोतलको मूल्य २८५ रुपैयाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ । 

यसअघि नै नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै राम्रो बजार लिनेमा कम्पनी विश्वस्त छ । आइसबर्गको लामो र गौरवमय इतिहासलाई कायम राख्दै नयाँ ढंगबाट पुनः बजारमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरी आइसबर्गको लम्च गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved