सम्राट सिमेन्टको बदमासीः गुणस्तर चिन्ह नलिई धमाधम बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2021 | 10:02:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा चर्चा कमाउँदै गरेको सम्राट सिमेन्टले नेपाल गुणस्तर चिन्ह (एनएस) नलिई सिमेन्ट बिक्रि गरेको खुलेको छ । दाङको सतवरियामा प्लान्ट रहेको सम्राट सिमेन्टले एनएस नलिई अवैध रुपमा सिमेन्ट बिक्रि गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले फेला पारेको हो ।

विभागको बजार अनुगमनमा ५३ ग्रेडको ‘देव सम्राट प्रिमियम ओपिसी सिमेन्ट’ बिना एनएस बिक्रि भईरहेको भेटिएको थियो । एनएस चिन्हका लागि सिमेन्टले गुणस्तर विभागमा निवेदन दिएको भएपनि एक चरणको मात्रै परीक्षण सकिएकाले अहिले नै विभागले एनएस दिन सक्ने अवस्था थिएन । 

‘हामीकोमा निवेदन आएको थियो, निवेदन आएको छ भन्दैमा भोलिपल्टै एनएस चिन्ह दिने त होइन हामीले’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, ‘चरण चरणमा पटक पटक गुणस्तर जाँच गर्नुपर्छ, हामीले बल्ल एक चरणको परीक्षण सकेका थियौँ, उता बजारमा सिमेन्ट छ्यापछ्याप्ती भईसकेछ ।’

विभाग स्रोतका अनुसार सिमेन्ट उद्योगले अवैध रुपमा नक्कली एनएस चिन्ह प्रयोग गरेको थियो ।

के हुन्छ कारबाही ?

अब यो सिमेन्ट उद्योगविरुद्द गुणस्तर प्रमाण चिन्हको दुरुपयोग गरेको आरोपमा विभागले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नेछ । गुणस्तर चिन्हको दुरुपयोग गरेको ठहर भए ३ महिना कैद र ५ हजार रुपैयाँ जरीवाना हुने प्रावधान गुणस्तर चिन्ह ऐनमा उल्लेख छ ।

जिम्मेवार उद्योगी नै बदमासीमा

१६ अर्ब रुपैयाँ लगानीमा सञ्चालित सम्राट सिमेन्ट उद्योगका सञ्चालक समिति अध्यक्ष मुकुन्द तिमिल्सिना हुन् । भोजराज पाण्डे, वासुदेव पाण्डे, सुधीर तिमिल्सिना, अनिल रुङटा र छुटेन लामाको संयुक्त लगानी रहेको यो सिमेन्ट उद्योगले २ महिना अघि मात्रै क्षमता बढाएको थियो । 

हाल दैनिक ४ हजार ५ सय टन सिमेन्ट उत्पादन गर्दै आएको यो उद्योगको यो प्रकारको बदमासी माफीयोग्य नरहेको विभागले बताईसकेको छ । 

‘ठूलो लगानीमा सञ्चालित उद्योगकै यो खालको बदमासी भेटिनु दुःखद हो’ महानिर्देशक पुडासैनी भन्छन्, ‘पूर्वाधार निर्माणमा गुणस्तरीय सिमेन्ट परेन भने त्यसको असर निकै ठूलो पर्न जान्छ, त्यसकारण अब हामी कुनै सम्झौता नगरी सिँधै अदालतमा मुद्दा दर्ता गछौँ ।’

परीक्षणकै चरणमा रहेको सिमेन्ट बजारमा बिक्रि गरिनु र एनएस चिन्ह नपाई पाएँ भनेर दुरुपयोग गरिनु गैरकानुनी भएकाले यसले अरु ठूला र प्रतिष्ठित उद्योगीको समेत शिर झुकाएको एक जना उद्योगी बताउँछन् । 

यसअघिः

यी १२ ब्राण्डका सिमेन्ट सधैँ गुणस्तरहीन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved