सिमेन्टको ग्रेड बोरामै खुलाउनुपर्ने, शिवम् बाहेक सबै उद्योगलाई तनाव

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2021 | 01:24:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टको ग्रेड अब बोरामै लेख्नुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले आगामी बैशाखदेखि अनिवार्य रुपमा आफूले विभागबाट पाएको गुणस्तर बोरामै लेख्ने प्रवन्ध मिलाउन सिमेन्ट उद्योगहरुलाई भनिसकेको छ । 

विभागले हाल सिमेन्टको नेपाल गुणस्तर (एनएस) ३३ मात्रै प्रदान गर्दै आएको छ । केही दिन अघिबाट भने ओपीसी सिमेन्टमा ४३ ग्रेड नेपाल गुणस्तर पनि दिन थालिएको छ । 

सबै ओपीसी सिमेन्ट ३३ ग्रेडका

नेपालमा सञ्चालित शिवम् सिमेन्टबाहके अन्य उद्योगले ३३ ग्रेडको मात्रै गुणस्तर प्रमाण चिन्ह पाएका छन् । शिवमले पनि आइतबार मात्रै ४३ ग्रेडको एनएस पाएको हो । यसअघि ३३ बाहेक ४३ र ५३ ग्रेडको एनएस चिन्ह प्रदान गर्ने कानुन नै नरहेको अवस्थामा सिमेन्ट उद्योगहरुले ५३ ग्रेडको सिमेन्ट उत्पादन गरेपनि उनीहरुले पाएको एनएस चिन्ह भने ३३ ग्रेडको मात्रै कायम हुँदै आएको थियो ।

यसअघिः
सिमेन्टमा सकियो ‘ग्रेड’को खेल, अब बोरामै देखिन्छ गुणस्तर

उद्योगीहरुले भने ३३ ग्रेडको मात्रै एनएस चिन्ह पाएको भएपनि ५३ ग्रेडको नै भनेर प्रचार गर्दै आएका थिए । तर, अब नयाँ गुणस्तर निर्धारण भएसँगै बोरामै कुन गुणस्तरको हो त्यो लेख्ने प्रावधान ल्याउन लागिएको छ । 

गुणस्तर विभागले १ वर्ष अगाडी नै ३३ ग्रेडलाई पूर्ववत् अवस्थामै राखेर नयाँ गुणस्तर निर्धारण गरेको थियो । गत वर्ष नै गुणस्तर परिषद्को १०२ औं बैठकले ओपिसी सिमेन्टको गुणस्तर ४३ र ५३ ग्रेड तोकेको थियो । ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको भएपनि गुणस्तर निर्धारण नहुँदा सिमेन्टको ग्रेड लेख्नबाट बञ्चित हुनुपरेको उद्योगीको गुनासो सम्बोधन गर्न भन्दै विभागले स्ट्रेन्थ बढी भएको सिमेन्टको गुणस्तर निर्धारण गरेर निर्धक्क आफ्नो ग्रेड लेख्न पाउने बताएको थियो । तर, हालसम्म ४३ ग्रेडको एनएस पाउने शिवम् सिमेन्ट मात्रै छ । 

‘सिमेन्ट उद्योगले बढी स्ट्रेन्थ भएको सिमेन्ट उत्पादन गरे ४३ र ५३ ग्रेड पाउने गरी गुणस्तर निर्धारण गरिएको हो’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, ‘सिमेन्ट उद्योगले गुणस्तर आवेदन दिएपछि जाँच गरेर नयाँ ग्रेड तोकिन्छ ।’ 

यसअघि सिमेन्ट उद्योगले नेपाल गुणस्तर प्रमाण २०४९ अनुसार पाउँदै आएकोमा अब भने ‘एनएस ५७२’ पाउने छन् । नयाँ गुणस्तर कायम भएसँगै नयाँ ग्रेडको सिमेन्टको बोरामा नै ग्रेड अनुसारको ‘कलर कोड’ राख्न लागिएको हो ।

उद्योगी आक्रोशित

तर, उद्योगीहरुले भने ओपीसी सिमेन्टको हकमा विभागले कुन ग्रेडको प्रयोग गर्ने भनेर नागरिकलाई अलमल्याउने र उद्योगीहरुलाई जुधाउने काम गरेको आरोप लगाउँदै आएका छन् । 

‘३३ ग्रेडको पनि ओपीसी सिमेन्ट भन्या छ, ४३ र ५३ पनि तोकेको छ’ एकजना उद्योगी भन्छन्, ‘ओपीसीमा पनि अब कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने भनेर उपभोक्तालाई अलमल्याउने काम हुँदैछ । अर्कातर्फ नयाँ आएको एनएस चिन्ह दिने प्रावधान उद्योगीहरुलाई आपसमा जुधाउने खेल पनि हो ।’

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा उच्च ग्रेडको सिमेन्ट उत्पादन हुँदै आएको भएपनि प्रमाण नहुँदा भन्न नसक्ने अवस्थाको अन्त्य भएपनि विभागको काम सुस्त हुँदा सबै उद्योगले ४३ ग्रेडको एनएस पाउन समय लाग्ने बताउँछन् । यसले चाँडो ४३ ग्रेडको एनएस पाउनेलाई राहत र ढिलो गरी पाउनेलाई समस्या सिर्जना गरिदिने उनको भनाई छ । 

यो पनिः

ग्राहक लोभ्याउन सिमेन्ट उद्योगमा ‘ग्रेड’ को खेल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved