तग्रिदैं उदयपुर सिमेण्ट उद्योग, फागुनमा गैंडाछाप सिमेण्ट अहिलेसम्मकै सर्वाधिक बिक्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 11:47:09 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेण्ट उद्योगले फागुन महिनामा गैंडाछाप सिमेण्ट अहिलेसम्मकै सर्वाधिक बिक्रि गरेर नयाँ रेकर्ड बनाएको छ। सिमेण्ट उत्पादन र बिक्रीको हिसाबले माघ महिनामा २ लाख ११ हजार १३८ बोरा सिमेन्ट बिक्री भएको थियो भने फागुन महिनामा २ लाख ३८ हजार ३७१ बोरा बिक्री भएको जनाइएको छ। 

माघ १ देखि उदयपुर सिमेन्टको महाप्रबन्धकको रुपमा गोपी कृष्ण न्यौपानेले जिम्मेवारी सम्हालेपछि कम्पनीले यस आर्थिक बर्षको अहिलेसम्मकै सर्वाधिक सिमेन्ट बिक्रि गर्न सफल भएको हो।

बहाली हुँदा कोइलाको अभाव देखाइ बन्द अबस्थामा रहेको उद्योगलाई न्यौपानेले १० दिन भित्रै कोइला लगायतका कच्चा पदार्थ बन्दोबस्त गरि संचालन गरे। जस कारण कम्पनीले फागुन महिनामा नयाँ रेकर्ड कायम हुने गरि सिमेन्ट बिक्रि गर्न सफल भएको छ।   

उद्योगमा बहाली हुँदा ६५ करोड ८२ लाखको चालू दायित्त्व रहेकोमा उद्योगको आफ्नै श्रोत परिचालन गरि हालसम्म ३२ करोड भन्दा बढी भुक्तानी गरिसकिएको महाप्रबन्धक न्यौपानेले जनाए। 

कोइला लिएर भुक्तानी स्वरुप सिमेण्ट दिने कुप्रथाको कारण सिमेण्टका अधिकृत बिक्रेताहरु बन्द हुने अबस्थामा बताउदै न्यौपानेले लक्ष्यको आधारमा कमिशन, बैंक ग्यारेण्टी सुबिधा, नगद छुट जस्ता स्किम सहितको नयाँ बिक्री नीति लागू भए पश्चात सिमेन्ट बिक्रिले नयाँ रेकर्ड कायम गरेको बताए। 

उनकाअनुसार नयाँ बिक्रि नितीका कारण अहिले एक, दुई र बागमती प्रदेशमा विशेष फोकस गरि १०२ अधिकृत बिक्रेताहरु कायम गर्दै उदयपुर सिमेन्टले बजारमा दह्रो उपस्थिति जनाएको छ। 

शुरुमा बन्द रहेको उद्योग संचालन गर्न र पुरानो कारखाना भएकोले मर्मतसम्भारमा समय दिनुपरेकोले क्लिंकर उत्पादन लक्ष्य अनुसार हुन नसकेपनि बजारमा सिमेण्टको अभाव हुन नदिनेगरी सिमेण्ट प्लाण्ट चालू राखेको कारण गैंडाछाप सिमेण्टले बजारमा निरन्तरता पाएको उनको दाबि छ। 

यसअघि उद्योग भित्रका ट्रेड युनियनहरुले उद्योगको विकृती र विसंगति रोक्न तथा उद्योगको बजारको पकड कायम राख्न बारम्बार ब्यबस्थापनलाई अनुरोध गर्दा कुनै सुनुवाइ नहुने त्यहाँका कर्मचारीको गुनासो छ। 

सामान्य तलब सुबिधाको लागि समेत महाप्रबन्धककोमा डेलिगेसन जानुपर्ने पिडा सुनाउदै ति कर्मचारी भन्छन्, अहिले संस्थाले महिनाको ४ गते भित्रै तलब दिन थालेको छ, १० गते भित्र नागरिक लगानी कोष, संचयकोष र १५ गतेभित्र ओटी दिनेगरि तालिकै बनाएर सुबिधा दिएको छ।  

लोडसेडिङको समयमा उद्योगको बिद्युत लाइनबाट प्रभावित क्षेत्रमा जोडिएको लाइन लोडसेडिङको अन्त भएपछि पनि हटाउन नसक्दा उद्योगले लगभग  मासिक ५ लाख नोक्सानी ब्योहोरेको थियो तर न्यौपाने महाप्रबन्धकमा नियुक्ति भएपश्चात केही दिनमै उक्त लाइन फेर्न सफल भएका छन। 

आजसम्म उद्योगमा आन्तरिक लेखापरीक्षण गर्ने गरिएको थिएन तर न्यौपाने महाप्रबन्धक भएर आएपछि चार्टर्ड एकाउण्टेन्टको टीमबाट गत पौष मसान्तसम्मको आन्तरिक लेखापरीक्षण गराइएको छ भने अनावश्यक काज दिने प्रचलन समेत हटाइएको छ।  संचालक समितिले गरेका नीतिगत निर्णयहरुले समेत न्यौपानेलाई अघि बढ्न प्रोत्साहित गरेको छ ।

यति मात्र नभई अनियमित कार्य गर्ने जो कोहीलाई कारबाही गर्ने प्रचलन समेत शुरु भएको छ। विभिन्न कमिटीहरु गठन गरि यस अघि कहिल्यै  नभएको सामानको भौतिक परीक्षण शुरु भएको समेत भएको छ। 

महाप्रबन्धक न्यौपानेकाअनुसार उद्योग परिसरमा यत्रतत्र रहेका कवाडी सामानहरुको संकलन शुरु गरिएको छ भने जग्गा जमिनको एकिन गरि संरक्षण गर्न शुरु गरिएको छ। 

उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको २२ करोड भन्दा बढी रकम, बिद्युत प्राधिकरणलाई तिर्न बांकी रकममा मिलान गर्न समेत पहल गरिएको  महाप्रबन्धक न्यौपानेले बिजपाटीलाई बताए।  

उनकाअनुसार प्राबिधिक रुपमा किल्न लगायतका प्लाण्टको अबस्था परामर्शदाता बाट अध्ययन गराइ तत्काल मर्मत संभार शुरु गरिएको छ भने आगामी एक बर्ष भित्रै करीब ७० करोड थप लगानी गरि १ मेगावाटको ब्याकअप सोलार प्लाण्ट सहित क्लिन सेल फेर्ने, रिइन्फोर्समेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि हालको दैनिक ८ सय मे। टन बाट क्षमता बढाइ ११ सय मे। टन पुर्याउने गरि कार्ययोजना अघि बढाईएको छ। त्यस्तै श्रोतको लागि नेपाल सरकारसँग अनुरोध गरिसकिएको र सकारात्मक रुपमा अघि बढेको समेत उनले जानकारी दिए। 

प्रशासन प्रमुख राम बहादुर जिसीले नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उद्योगको अपार चूनढुंगा रहेको खानीको उपयोग गर्ने दीर्घकालीन योजनामा रहेका बताउदै नवनियुक्त महाप्रबन्धकले सूसासनमा जोड दिदै सिष्टम बसाल्ने प्रयास शुरु गरेको जानकारी दिए।  

२ महिनामै सूसासन सहितको उत्पादन र उत्पादकत्व बृद्वी गरिएकाले र फागुन महिनामा सर्वाधिक सिमेन्ट बिक्रि गर्न सफल भएकाले उद्योगलाई छिट्टै नाफामा लैजान सक्ने संकेत देखिएको जिसीले बताए। 

उद्योगको ५ अर्ब ५० करोडको नोक्सानी कायम रहेको भएतापनि ९५ प्रतिशत स्वदेशी कच्चापदार्थ चूनढुंगा प्रयोग गरि  उत्पादन गरेको सिमेण्टबाट सरकारले बार्षिक १ अर्ब बराबरको राजस्व संकलन गर्दै आएको छ। त्यस्तै कम्पनीबाट ३४० कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएका छन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved