सगरमाथा सिमेन्ट विरुद्द मुद्दा दायर (निवेदनसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 11:54:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध दाङस्थित उच्च अदालत तुलसीपूरमा मुद्दा दायर भएको छ । स्थानीयबासी, अधिकारकर्मी, कानून व्यवसायीसहित २१ जनाले प्रदूषण रोक्न वा मानव बस्तीभन्दा बाहिर उद्योग सार्न माग गर्दै मुद्दा दायर गरेका हुन् ।

रिट निवेदकहरु खाद्य अधिकार सञ्जाल, फियान नेपाल, इन्सेक, एफडब्लू एलइडी, आइएस आरसी, उच्च अदालत बार एसोसियसन नेपालगञ्जमा आवद्ध व्यक्तिहरू छन् । उनीहरुले उद्योगबाट निस्कने धुलो, धुँवा र आवाजले स्थानीय बासीको जीवनमा नकारात्मक असर पारेको भन्दै परमादेश माग गरेका छन् ।

रिट उपर शुक्रवार नै बहस पैरवी गरिने उच्च अदालत तुलसीपूरले जनाएको छ । 

घोराहीमा सगरमाथा, तुलसीपुरमा सोना र लमहीमा सम्राट सिमेन्ट उद्योग सञ्चालनमा छन् । ष्ीमध्ये सबैभन्दा ठूलो सिमेन्ट उद्योग सगरमाथाले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved