१० हजार लिटरका स्टील ट्यांकी उत्पादन गर्दै पञ्चकन्या समूह, ६० प्रतिशत भारतलाई बेच्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 03:16:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या समूहले रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा आफ्नो उद्योग सञ्चालनमा ल्याएको छ । सेजभित्र पञ्चकन्या समूह अन्तर्गतको पञ्चकन्या एसएस एक्पोट्स प्रा.लि.ले एस.एस. ट्यांकी उत्पादन गर्ने उद्योग सुरु गरेको हो । ३१ करोड लागतमा सुरु भएको उद्योगको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्घाटन गरे । 

यो उद्योगबाट २ सय ५० लिटरदेखि १० हजार लिटरसम्मका ट्यांकी उत्पादन गरिने समूहका उपमहाप्रबन्धक देवेन्द्र साहु बताउँछन् । साहुका अनुसार १० हजार लिटर क्षमताको स्टील ट्यांकीको उत्पादन नेपालमै पहिलो पटक हुन लागेको हो । २०६९ सालदेखि काठमाडौँको थानकोटमा स्टील ट्यांकी उत्पादन गर्दै आएको पञ्चकन्याले सेजमा आफ्नो दोस्रो उद्योग स्थापना गरेको हो । 

विशेष आर्थिक क्षेत्रको निर्देशिका अनुसार त्यहाँ प्लान्ट राखेर उत्पादन गर्ने उद्योगले उत्पादन गरेका वस्तु ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने व्यवस्था छ । बाँकी ४० प्रतिशत स्वदेशभित्रै खपत गर्न पाइनेछ ।

थानकोट प्लान्टबाट उत्पादन भएका ट्यांकी भारतको लखनउ तथा कलकत्तामा निर्यात भइरहेकोले अझै पनि लखनउ, कलकत्तासहित गोरखपुर लगायत भारतका ठूला शहरमा स्टील ट्यांकको माग बढिरहेकाले दोस्रो उद्योग सुरु गरिएको समूहले बताएको छ । 

उद्योगले ३०४ तथा ३१६ ग्रेडका भर्टिकल र होरिजेण्टल एस.एस. ट्यांकी उत्पादन गरिरहेको छ । विशेष आर्थिक क्षेत्रभित्र सञ्चालनमा आएको यो उद्योगले वार्षिक साना ठूला गरी ८० हजार ट्यांकी उत्पादन गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved