सोल्टी होटेलको नाम फेरिने, सम्पूर्ण ब्यबस्थापन आफै गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 08:55:10 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको ५ तारे होटेलको रुपमा होटेल सोल्टी होटेललाई पुन: ब्राण्डिङ गरिने भएको छ । सोल्टी होटेल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईले होटेललाई 'दी सोल्टी काठमाडौँ'को नाममा पुन: ब्राण्डिङ गरिन लागेको बताएका हुन्। उनका अनुसार पुन: ब्राण्डिङको लागि सम्पूर्ण तयार पुरा भईसकेको छ।

होटेल र इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आईएचजी)संगको सम्झौता सकिएसंगै होटेललाई पुन: ब्राण्डिङ गरिन लागेको हो। अब होटेलको ब्यबस्थापन तथा संचालन सोल्टी होटेल लिमिटेड आफैले गर्ने उपाध्यक्ष चापागाईले जानकारी दिए । सोल्टी होटेल लिमिटेडको स्वामित्वमा 'दी सोल्टी काठमाडौँ' र एल.एस.जी स्काई सेफ काठमाडौँ पनि रहेको छ । एल.एस.जी स्काई सेफ काठमाडौँ नेपालको एक मात्र इन फ्लाइट क्याटरिङ सेवा भएको कम्पनीले जनाएको छ ।

१२ एकड जग्गामा फैलिएको यस होटेलमा २८५ वटा पाहुना कोठा र विशिष्ट सुइट रुम रहेका छन् । नेपालमा भएको प्रथम सार्क सम्मेलन अगाडी तयार पारिएको ७ वटा राजकीय सुइट रुम समेत होटेलमा छन् । कम्पनीले नेपालगंजमा पनि ५ तारे होटेल संचालनमा ल्याएको छ ।

सोल्टी होटेल लिमिटेड नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पनि सुचिकृत रहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved