सान्जेन जलविद्युतका सीइओ श्रेष्ठद्वारा राजिनामा, खुला प्रतिस्पर्धाबाट नयाँ सीइओ आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 05:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सान्जेन जल विद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । उनले २०७८ जेठ ७ गते शुक्रबार देखि लागु हुने गरी राजिनामा दिएका हुन् ।

उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक तथा यस कम्पनीका अध्यक्षको छलफल र परामर्श अनुसार नै प्राधिकरणमा जानको लागि राजिनामा दिएको उल्लेख गरेका छन् । उनी ५ वर्ष अगाडी काजमा प्राधिकरणबाट आयोजनामा आएक थिए । उनी सीईओ हुँदा कम्पनीले आईपिओ निष्काशन गरेको थियो ।

उनले आफुले संस्थामा २०७३ जेठमा नियुक्ति लिंदा सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाको करीब १८ प्रतिशत तथा सान्जेन जलविद्युत आयोजनाको १५ प्रतिशत मात्रै कार्य प्रगति भएको अबस्थाबाट आज सान्जेन (माथिल्लो)को प्रगति समग्रमा करीब ८८ प्रतिशत (सिभिल करीब ९८ % र हाईड्रोमेकानिकल करीब ९०%) तथा सान्जेनको करीब ७९ प्रतिशत (सिभिल करीब ८२%) प्रगति भएको उल्लेख गरेका छन्।

श्रेष्ठले राजिनामा दिएसंगै कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ चयनको प्रक्रिया थालेको छ । कम्पनीले इच्छुक त्तहा योग्य आवेदकलाई जेठ १६ गते भित्र आवेदन दिन आग्रह गरेको छ । 

राजिनामा दिएका श्रेष्ठ भने प्राधिकरण मै फर्कने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved