विदेशी लगानीका सिमेन्ट उद्योग, जसले दिन्छन् नेपाली कम्पनीले भन्दा तेब्बर तलब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 01:20:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले सिमेन्ट उद्योगमा वैदेशिक लगानी आवश्यक रहेको निष्कर्ष निकालेपछि स्वदेशी उद्योगी र राष्ट्र बैंकबीच अहिले सम्बन्ध चिसिएको छ । उद्योगीहरु सिमेन्ट उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन हुँदैन र पर्दैन भन्दै राष्ट्र बैंकलाई ‘कन्भिन्स’ गर्ने कसरतमा छन् भने राष्ट्र बैंक भने वैदेशिक लगानी नल्याई नेपालका सिमेन्ट उद्योगहरु स्तरीय हुन नसक्ने अडानमा छ ।

‘विदेशी लगानीका उद्योगले उच्च तलब दिन्छन्’

राष्ट्र बैंककै अध्ययन रिपोर्टलाई आधार मान्ने हो भने विदेशी लगानीका उद्योगहरुमा काम गर्ने एउटा मजदूरले मासिक न्युनतम ४० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । यसरी मासिक ४० हजार बढी आम्दानी गर्नेको संख्या ४५ प्रतिशत छ । यी सबै विदेशी लगानीका उद्योगमा काम गर्ने कामदार रहेको राष्ट्र बैंकले जनाएको छ ।

१३ हजार ४५१ देखि २० हजारसम्म मासिक तलब भत्ता बुझ्ने मजदूर सिमेन्ट उद्योगमा ८ प्रतिशत छन् । जो, स्थानीय कामदार हुन् । सिमित क्षेत्रलाई आफ्नो बजार हिस्सा मानेर उत्पादन हुँदै आएका सिमेन्ट उद्योगमा काम गर्नेहरु यो समूहमा पर्छन् ।

२० हजारदेखि ३० हजारसम्म तलब खानेहरु भने सरकारी सिमेन्ट उद्योगका कर्मचारी छन् । यस्तो संख्या ३७ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

बाँकी १० प्रतिशतले भने ३० हजारदेखि ४० हजारको बीचमा तलब सुविधा पाउँदै आएका छन् ।

यी हुन् विदेशी लगानीका उद्योग

अर्घाखाँची, सर्वोत्तम र होङ्सी शिवम् सिमेन्टमा बैदेशिक लगानी रहेको छ । यीमध्ये अर्घाखाँची र सर्वोत्तम सिमेन्टमा भारतीय व्यवसायीको सिमित लगानी छ । तर, होङ्सी शिवम् सिमेन्टमा चिनियाँ उद्योगीको ‘मेजर इन्भेष्ट’ छ ।

धादिङमा उद्योग राखेर चिनियाँ लगानीको हुवासिन सिमेन्ट पनि बजारमा आउँदैछ । हुवासिनमा पनि लगानीको हिस्सा चिनियाँ पक्षको बढी हुनेछ । नेपाली पक्षले न्युतम लगानीको औपचारिकता मात्रै पूरा गर्नेछ ।

कति छ लगानी ?

हाल नेपालमा ६५ वटा सिमेन्ट उद्योग सञ्चालित छन् । तर, राष्ट्र बैंकले ५५ वटा उद्योगलाई मात्रै आधार मानेर अध्ययन गरेको थियो । त्यही भएर उद्योगीहरुले आपत्ति जनाउँदै आएका छन् । 

सिमेन्ट उत्पादक संघका अनुसार नेपालमा हाल ६५ वटा सिमेन्ट उद्योगमा ३ सय अर्ब रुपैयाँ लगानी छ । यो कुल लगानी वदेशिक लगानी भएका ३ उद्योगको समेत लगानी जोड्दा निस्किएको लगानी हो ।

सिमेन्ट उद्योगले क्षमता बढाईरहेको र सौर्य जस्ता ठूला लगानीका उद्योग बजारमा आउनै लागेको बेला राष्ट्र बैंकले वैदेशिक लगानी आवश्यक छ भन्नु गलत भएको भन्दै सिमेन्ट उत्पादक संघले अध्ययन रिपोर्ट सच्याउन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्र पठाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved