मंगलम इन्डष्ट्रिजका दिवंगत कर्मचारीका परिवारले १२ महिनाको तलब पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2021 | 09:50:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको CPVC पाइप्सर फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लि ले मंगलम केयर नामक आह्वान्को सुरुवात गरेको छ । 

कोरोना महामारीले दिनहुँ नै सयौँ भन्दा बढी नेपालीहरु दिवंगत हुन पुगेको यस जटिल परिस्थतिमा  मंगलम पाइप्सले आफ्ना हरेक देहान्त भएका कर्मचारीहरुका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलव उपलब्ध गराउने भएको हो ।

मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले कम्पनिले प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्व दिदैँ आएको बताए । “हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ।” प्रबन्ध निर्देशक चुरिवालले भने । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved