'४ वर्ष देखि रोकिएको १२०० मेगावाट भन्दा बढि जलविद्युत उत्पादन गर्ने ढोका खुल्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2021 | 08:05:46 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कार्यनीति फेरेर निकुञ्जमा जलविद्यतु बनाउन लागिएको भन्ने समाचार प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । राष्ट्रिय आवश्यकता अनुसार कार्यनीतिहरु समय सापेक्ष परिवर्तन वा थपघट हुनु स्वभाविक प्रकृया रहेको भन्दै इप्पानले आपत्ति जनाएको हो ।

झण्डै ४ वर्ष लगातार वातावरणविद् संरक्षणकर्मी तथा विज्ञहरुसंग लामो छलफल गरि वैज्ञानिक तवरबाट वन्यजन्तु, जैविक विविधता तथा Terrestrial र Aquatic ecosystem मा कुनै नकारात्मक असर नपर्ने गरि प्राकृतिक श्रोतको उचित प्रयोग गर्ने हेतुले नीति परिमार्जन भएको इप्पानले जनाएको छ ।

साथै यस संशोधनले विद्यतु विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी ४ वर्ष देखि रोकिएको २५ जलविद्यतु कम्पनीले उत्पादन गर्ने झण्डै १२०० मेगावाट भन्दा बढि जलविद्युत उत्पादन गर्ने ढोका खोल्ने काम भएको इप्पानले उल्लेख गरेको छ ।

यस वैज्ञानिक संशोधनले जलविद्यतु र राष्ट्रिय निकुञ्जविच सह–अस्तित्व सहित अघि बढ्न सक्ने अवधारणा समेत विकास गरेको इप्पानले जनाएको छ । जस अनुसार १ मेगावाट भन्दा साना आयोजनाले ५०%, १ देखि २५ मेगावाट सम्मका आयोजनाले ३५%, २५ देखि १०० मेगावाट सम्मका आयोजनाले २५% र १०० मेगावाट भन्दा माथिका आयोजनाले १०% पानी प्राकृतिक प्रवाह कायम गर्नु पर्ने इप्पनले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved