औषधि उद्योग र व्यवसायका लागि बजेट कस्तो आयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2021 | 11:35:47 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य क्षेत्रका लागि सरकारले हालसम्मकै उच्च बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ का १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट गर्दास्वास्थ्य क्षेत्रका लागि ७.४५ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ छुट्याए । 

के भन्छन् उद्योगी व्यवसायी

स्वास्थ्य क्षेत्रका लागि राम्रो बजेट आएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायण बहादुर क्षेत्रीको भनाई छ । औषधिका कच्चा पदार्थ, प्याकिङका सामान लगायतमा १ प्रतिशत मात्र भन्सार लाग्ने कुरा स्वागतयोग्य रहेको अध्यक्ष क्षेत्रीको भनाई छ । 

यसअघि उद्योगले औषधि बनाउन आवश्यक कच्चा पदार्थ, सहायक कच्चा आयात गर्दा ५ प्रतिशत भन्सार र भ्याट लाग्ने व्यवस्था थियो । तर अब १ प्रतिशत मात्र भन्सार लाग्ने लगायतका व्यवस्था आउनु औषधि उद्योगका लागि राम्रो भएको उनले बताए । 

अक्सिजन प्लान्ट स्थापना गर्दा आयात गर्नुपर्ने उपकरणमा भन्सार छुट जस्ता विषय आउनु सुःखद भएको उनले बताए । 

औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ पनि बजेट सह्रानीय र स्वागतयोग्य भएको बताउँछन् । 

‘कोभिडका बिरामीका लागि प्रयोग गर्नुपर्ने औषधिको भन्सार छुटको विषय अत्यन्त राम्रो हो’ उनले भने, ‘अरु सर्जिकल सामानहरुमा पनि भन्सार छुटको व्यवस्था आएको छ, अक्सिजन प्लानटको उपकरण आयातमा पनि भन्सार नलाग्ने व्यवस्था छ । अहिलेको विषम् परिस्थितीमा पनि यत्तिको बजेट आउनु अत्यन्त स्वागतयोग्य विषय हो । अ शत् प्रतिशत कार्यान्वयन होस् ।’


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved