लघु, घरेलु तथा साना उद्योग नै औद्योगिक पूर्वाधारको आधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 06:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२ औं स्थापना दिवशका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको भन्दै लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवद्र्घन, सम्वद्र्घनका सन्दर्भमा यसले लिने नीति  र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासंघका पदाधिकारीहरुको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको बताए ।

आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुका महत्वपूर्ण सुझावहरुलाई महत्वका साथ लिने भन्दै उनले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय ल्याएको उल्लेख गरे ।

मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उनले आगामी दिनमा पनि यस्तो प्रयास रहिरहने बताए । ’घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारीत भएको, हामीले आफैले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौं ।’सचिव पोखरेलको भनाइ छ ।

विशेषगरी साना तथा घरेलु उद्योगहरुका लागि त बजारको लिंक गरिदिनुपर्छ भन्ने मन्त्रालयको बुझाई रहेको भन्दै त्यसै अनुरुप सरकारले काम गरिरहेको उनको भनाइ छ ।

महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरुको प्रवद्र्घनबाटै शुरु भएको पाइएको बताए। खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हे¥यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरुलाई ठूला उद्योगहरुसँग जोडेर आज सफल भएका छन् ।’ अध्यक्ष गिरीले भने । 

अमेरिकाकै इतिहास हेर्ने हो भने पचास वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवद्र्घनबाट फड्को मारेको भन्दै विश्व अर्थतन्त्रको पाँचभाग मध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्रा जस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकतामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको धारणा व्यक्त गरे । नेपाल अल्पविकशित राष्ट्रका रुपमा रुपान्तरित हुँदै गरेको अवस्थामा केही मापदण्ड पुरा गरेको तर आर्थिक हैसियत र पूर्वाधार विकास गरियो कि गरिएन बुझ्न जरुरी भएको उनको भनाइ छ ।

’यसलाई सरकारको मात्रै दायित्व नबुझेर हामी निजी क्षेत्रको पनि ग्रामीण अर्थतन्त्र र साना खालको उद्यम व्यवसाय खासगरी गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय परिवार संलग्न रहेको साना खालको कृषि उद्यम र साना खालको उद्यम व्यवसाय जसमा प्रत्यक्ष रुपमा पाँच लाख परिवार र अप्रत्यक्ष रुपमा अर्को १५ लाख परिवार यही क्षेत्रमा आश्रित छ ।’ उनले भने ।

अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रुपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागु गरियो तर लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको अध्यक्ष गिरीले बताए । 

’अघिल्लो वर्ष सरकारले सदासयता देखाएको थियो, नीति तथा कार्यक्रम र बजेटमा महासंघले दिएका सुझावका आधारमा धेरै सम्बोधन गरेको थियो । तर कार्यान्वयन पक्ष एकदमै कमजोर भयो र त्यसकै निरन्तरता अहिलेको बजेटमा पनि दिइएको छ । अब कार्यान्वयनमा जोड दिनुपर्ने हाम्रो माग छ ।’ वरिष्ठ उपाध्यक्ष सिंहले भने ।

महासंघ केन्द्रिय महिला उद्यमी समितिका सभापती अञ्जु उपाध्यायले साना उद्यमीहरुको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबद्घ गर्दै अगाडि बढिरहेको बताइन् ।’ स्थापना दिवस मनाइरहँदा हामी दुःखी छौं, आज कोभिडले थिलोथिलो पारेको छ, कति व्यवसायीहरु अहिले पनि संक्रमित हुनुहुन्छ, कति साथीहरु दिवंगत पनि हुनुभएको छ जसले गर्दा हाम्रो उद्योगहरुमा ठूलो समस्या परेको छ। ’ उनको भनाइ छ ।

महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले ३१ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै कोरोना संक्रमण यता साना तथा घरेलु उद्यमी व्यवसायीहरु अत्यन्तै मर्माहत भएको बताए । यस्तो अवस्थामा देशको मेरुदण्डको रुपमा रहेका घरेलु तथा साना उद्योगहरुलाई प्रवद्र्घन गर्नुपर्ने भन्दै सरोकारवालाको ध्यानकर्षण गराएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved