कहाँ कहाँ खोल्न पाइन्छ ‘वाइन’ तथा ‘साइडर’ उद्योग ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 02:18:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अहिले वाइन तथा साइडर उद्योगहरु खुल्ने क्रम बढिरहेको छ । विदेशी वाइनको सट्टा नेपाली वाइनका उपभोगकर्ताहरु बढेका पनि छन् । मूलुकमा सञचालित वाइन उद्योगहरुले वाइन पारखीका लागि स्वदेशी र मापदण्ड भित्रै रहेर उत्पादिन स्तरीय वाइन उपलब्ध गराईरहेको मदिरा उत्पादकहरुको दाबी छ । 

वाइन तथा साइडरबाहेक अरु ‘हार्ड ड्रिङ्स’ पनि स्वदेशमै पर्याप्त उत्पादन भईरहेकाले मदिराको आयात रोक्नुपर्ने स्वदेशी उद्योगीहरुको माग छ । तर, आगामी आर्थिक वर्षको बजेटमार्फत पनि यो कुरा सम्बोधन नभएकोमा उत्पादकहरु खिन्न छन् ।

कहाँ कहाँ पाइन्छ वाइन उद्योग खोल्न ?

उद्योग विभागले जेठ १८ गते सार्वजनिक गरेको वाइन तथा साईडर उत्पादन गर्ने उद्योग स्थापना गर्ने सम्बन्धको प्रतिवेदनमा वाइन उद्योगहरु कहाँ कहाँ उत्पादन गर्न पाइन्छ भन्नेबारे उल्लेख गरिएको छ । प्रतिवेदनको सुरुमै फलफूल (जडिबुटी, फूल समेत) आधारित भई वाइन तथा साईडर उत्पादन गर्ने उद्योग स्थापना गर्न पाईने÷नपाईने क्षेत्र खुलाईएको छ ।

प्रतिवेदनको सुरुमै ‘औद्योगिक प्रवद्र्धन बोर्डको १३२ औँ बैठकको निर्णय अनुसार काठमाडौं उपत्यका एवं अन्य नगरपालिकाहरुमा नयाँ मदिरा एवं वियर उद्योग स्थापना गर्न पाईने छैन भनिएकोमा वाइन तथा साईडर उत्पादन गर्ने उद्योगको सम्बन्धमा काठमाडौं उपत्यकाका महानगरपालिका,  उपमहानगरपालिका एवं नगरपालिकाहरु तथा अन्य उप–महानगरपालिकाहरु बाहेक अन्य नगरपालिकाहरुमा वाइन तथा साईडर उत्पादन गर्ने उद्योग स्थापना गर्न अनमति प्रदान गर्न उपयक्तु हुने’ भनिएको छ ।

यो प्रावधान अनुसार काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाहरु (महानगर र उपमहानगरसमेत) मा वाइन उद्योग खोल्न पाइने छैन भने उपत्यका बाहिर खोल्न पाईने भएको छ ।

वाइन उद्योग खोल्न नपाईने अरु क्षेत्र कुन कुन हुन् ?

औद्योगिक प्रवद्र्धन बोर्डको १७६ औँ बैठकले मझौला तथा ठूला स्तरका उत्पादनमूलक उद्योग अन्तराष्ट्रिय सिमानाको ५ किलोमिटर बाहिर मात्र स्थापना गर्न पाईने निर्णय गरेको छ । उद्योग विभागले सार्वजनिक गरेको वाइन तथा साईडर उत्पादन गर्ने उद्योग स्थापना गर्ने सम्बन्धको प्रतिवेदनमा वाईन तथा साइडर उद्योगको सम्बन्धमा यस प्रावधानलाई यथावत राख्ने उल्लेख छ ।

औद्योगिक प्रवद्र्धन बोर्डको १९० औँ बैठकको निर्णय अनुसार लुम्बनी क्षेत्र संरक्षणको निम्ती निर्मित बाउण्ड्रिको दक्षिणतर्फ भारतीय सिमासम्म र पूर्व, पश्चिम र उत्तर तर्फ उक्त बाउण्ड्रिदेखि १५ किलोमिटर दूरी भित्र वाइन तथा साइडर उद्योग उत्पादन गर्ने उद्योग खोल्न पाईने छैन ।

वाइन तथा साईडर उत्पादन गर्ने उद्योग ऐतिहासिक महत्वका मठ–मन्दिर‚ राष्ट्रिय निकुञ्ज तथा नेपाल सरकारले मदिरा उद्योग स्थापना गर्न नपाईने भनि तोकेको क्षेत्रभन्दा ५ सय मिटर टाढा हुनुपर्नेछ । साथै उद्योग स्थापना गर्ने सम्बन्धमा सञ्चालनमा रहेका सामदुातयक अस्पताल तथा सामुदायिक विद्यालय क्षेत्रहरुको हकमा भने कम्तीमा १ सय मिटर टाढा हुनुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved