नेपालमै सुरु भयो ५३ ग्रेडको सिमेन्ट उत्पादन, आयात शून्यमा झार्न तम्सिए उद्योगी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 05, 2021 | 01:49:29 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयको रस्साकस्सीपछि नेपाली सिमेन्टले उच्च ग्रेडको ‘नेपाल गुणस्तर (एनएस)’ अर्थात् नेपाल स्ट्याण्डर्ड पाउन थालेका छन्् । ४३ र ५३ ग्रेडको मान्यता दिने कानुन नै नभएको अवस्थामा उद्योगीहरुको पटक पटकको ताकेतापछि नेपाल गुणस्तर तथा नापतौल विभागले ग्रेड निर्धारण गर्यो ।

त्यसपछि नेपाली सिमेन्टले ४३ र ५३ ग्रेडको गुणस्तर प्रमाण चिन्ह पाउन थालेका हुन् । हालसम्म मुलूकका ४ सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४३ र ५३ ग्रेडको मान्यता पाईसकेका छन् । 

आफूहरुले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको भएपनि ४३ र ५३ ग्रेडको सिमेन्ट हो भनेर देखाउन वा प्रचार गर्न नपाईरहेको गुनासो उद्योगीको थियो । अब भने ठूला आयोजनामा पनि ग्रेडको नाममा विदेशी सिमेन्ट आयात गरेर प्रयोग गर्नुपर्ने बाध्यता हटेको र यसले सिमेन्टको खपत बढाउने सिमेन्ट उत्पादकहरुको दाबी छ ।

कुन कुनले लिए ४३ र ५३ ग्रेडको अनुमति ?

हालसम्म ४ सिमेन्ट उद्योगले ४३ ग्रेड र ५३ ग्रेडको सिमेन्ट हो भन्ने प्रमाण चिन्ह लिएका छन् । यीमध्ये नेप्सेमा सूचीकृत शिवम् सिमेन्ट ४३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादको प्रमाण चिन्ह पाउने नेपालकै पहिलो उद्योग बनेको छ । 

शिवम् सिमेन्टले एनएस ५७२ द्वारा प्रमाणित ५३ ग्रेडको पनि इजाजत पाईसकेको छ । 

५३ ग्रेडको सिमेन्ट उत्पादनको इजाजत पाउने पहिलो सिमेन्ट उद्योग भने मारुती सिमेन्ट इन्डस्ट्री बनेको छ । यो उद्योगले ४३ र ५३ दुबै ग्रेडको अनुमति पाएर उत्पादन पनि थालिसकेको छ । 

यसअघिः
सिमेन्टमा सकियो ‘ग्रेड’को खेल, अब बोरामै देखिन्छ गुणस्तर

प्युठान ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको शुभश्री अग्नि सिमेन्ट इन्डस्ट्रीले पनि ४३ ग्रेडको एनएस पाएको विभागले जनाएको छ । 

धादिङको युनाइटेड सिमेन्टले पनि ५३ ग्रेडको गुणस्तर प्रमाण चिन्ह पाएको छ । 

‘अब विदेशी सिमेन्ट चाहिँदैन’

नेपाली सिमेन्ट उत्पादकहरुले आफूहरुले उच्च गुणस्तरको सिमेन्ट पहिल्यैदेखि उत्पादन गरिरहेको भएपनि ४३ र ५३ ग्रेडको एनएस पाउने कानुन नै नहुँदा भारतबाट सिमेन्ट ल्याउनुपरेको गुनासो गर्दै आएका थिए । राष्ट्रिय गौरवका आयोजना, जलविद्युतको ड्याम, टनेलहरु बनाउन भारतबाट सिमेन्ट ल्याउने गरिएको थियो ।

यी संरचना बनाउन नेपाली सिमेन्टकै प्रयोग गर्दा हुने भएपनि उच्च गुणस्तरको हो भन्ने प्रमाण चिन्ह दिने व्यवस्था नहुँदा भारतबाट आयात गर्नु परिरहेको थियो । तर, अब भने यो बाध्यता हटेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापा बताउँछन् । ४३ र ५३ ग्रेड पाउन थालेपछि अब जतिसुकै ठूलो आयोजना निर्माणमा पनि नेपाली सिमेन्टको प्रयोग हुने बाटो खुलेकाले अब भारतबाट सिमेन्ट ल्याउनै नपर्ने दाबी गरे ।

यो पनिः
ग्राहक लोभ्याउन सिमेन्ट उद्योगमा ‘ग्रेड’ को खेल !

‘हामीले पहिल्यैदेखि उच्च गुणस्तरको सिमेन्ट नै उत्पादन गर्दै आएका थियौँ, तर हामीले दाबी गरेपनि ४३ ग्रेड, ५३ ग्रेड भनेर कतै लेखिएको हुँदैनथ्यो’ अध्यक्ष थापा भन्छन्, ‘आयोजना हेर्ने इन्जिनियरहरुले बोरामै ग्रेड खुलाएको सिमेन्ट खोज्नुहुन्थ्यो, आयोजना बलियो होस् भनेरै उहाँहरुले खोज्नुहुन्थ्यो । तर, हामीसँग त्यो अधिकार थिएन, किनभने हामीकहाँ ४३ र ५३ ग्रेडको एनएस दिने व्यवस्था नै थिएन । अब व्यवस्था आएको छ, भारतबाट सिमेन्ट ल्याउनुपर्ने बाध्यता अब नरहला ।’

बोरामै बकाईदा ५३ वा ४३ ग्रेडको सिमेन्ट भनेर लेख्न पाउने हुँदा भारतीय सिमेन्टको आयात शून्यमा झारेर नेपालसँग सीमा जोडिएका भारतीय शहरमा नेपाली सिमेन्ट निर्यात गर्न पनि अब सहज भएको उद्योगीहरुको भनाई छ ।

यसअघिः
यि हुन् नेपाली सिमेन्ट सजिलै बेच्न सकिने भारतीय बजार

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved