२ वटा हाइड्रोपावर कम्पनी मर्ज भई एकिकृत कारोबार सुरु, आईपिओ निष्काशन तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 12:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा हाइड्रोपावर कम्पनी मर्ज भएर एकिकृत कारोबार सुरु गरेका छन् । सुरी खोला हाइड्रोपावर लिमिटेड र मकर जितुमाया हाइड्रोपावर लिमिटेड मर्ज भई मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको नामबाट साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन् ।

दुवै कम्पनीको गत फागुन ९ गते सम्पन्न विशेष साधारणसभाले गाभ्ने/गाभिने प्रस्ट पारित गरेको थियो । सोहि अनुसार गत बैशाख ५ गते विद्युत नियमन आयोगले र असार २३ गते उद्योग विभागले र असार ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर तथा एकिकृत कारोबारको लागि स्वीकृति प्रदान गरेको थियो ।

एकिकृत कारोबार सुरु भएसंगै नयाँ बनेको कम्पनीले आईपिओ निष्काशनको तयारी गरेको छ । सोहि अनुसार कम्पनीले आईपिओ निष्काशन गर्ने प्रस्ताव राखेर साउन २४ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

सुरी खोला हाइड्रोले दोलखाको सुरी खोलामा ७ मेगावाटको सुरीखोला आयोजना र मकर जितुमाया हाइड्रोपावरले दोलखा कै हुलाक र कोलुङ खोलाको पानीको ७ मेगावाट कै अपर सुरी खोला आयोजना निर्माण गरिरहेको थियो । अब यी दुवै आयोजना कर जितुमाया सुरी हाइड्रोपावर कम्पनी अन्तर्गत आएका छन् ।

सुरी खोला आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको लगानी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved