नेपाल प्रहरीका प्राविधिकहरु गोर्खा इको प्यानलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2021 | 03:22:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी प्रधान कार्यालय काठमाडौंका इन्जिनियरहरुलगायत तालिम समूहका प्रहरीहरुको टोलीले गोर्खा इको प्यानल उद्योगको भ्रमण गरेका छन् । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचास्थित इको प्यानल उत्पादन उद्योगको अवलोकन भ्रमण गरेको हो । 

गोर्खा इको प्यानलको प्रयोग कहाँंकहाँं कसरीकसरी गर्न सकिन्छ भन्नेबारे बुझ्न टोली उद्योगमा पुगेको हो । नेपाल प्रहरीका एसपी हरि डंगोल, प्रहरी इन्जिनियर सुजित तिवारीलगायतको नेतृत्वमा नेपाल प्रहरीको गाडीसहित १९ जनाको टोली उद्योगमा पुगेको हो । 

उद्योगमा पुगेर उनीहरुले गोर्खा इको प्यानलको उत्पादन, प्रयोग र प्रयोगको तरिकाबारे बुझेका थिए । गोर्खा इको प्यानल कसरी उत्पादन हुन्छ ? यो कहाँंकहाँं प्रयोग गर्न मिल्छ र कसरी प्रयोग गर्ने भन्ने विषयमा उनीहरुले बुझेका थिए । 

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांको समूहले उनीहरुलाई उद्योगको अवलोकन भ्रमण गराएका थिए । त्यस अवसरमा उनीहरुले गोर्खा इको प्यानल बलियो, हुलुका निर्माण सामाग्री भएको, यो भूकम्पप्रतिरोधी, अग्नी नियन्त्रक रहेकोलगायतका विषयमा अवगत गराएका थिए । साथै गोर्खा इको प्यालन बलियो, अग्नी प्रतिरोधी भएको विषयमा प्रयोगात्मक रुपमा देखाएको थियो । गोर्खा इको प्यानल अग्नी प्रतिरोधी भएको भन्दै त्यसमा पेटोल छर्केर आगो लगाउँंदा पनि आगो नसल्केको देखाएको थियो । 

गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोग स्थायी तथा अस्थायी संरचनाको निर्माणमा प्रयोग गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved