भूगर्भ सिमेन्ट गुणस्तर परीक्षणमा फेल, विभागले रोक्यो बिक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2021 | 03:54:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भूगर्भ सिमेन्टको पीपीसी उत्पादन गुणस्तर परीक्षणमा फेल भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार नमूना परीक्षणमा सिमेन्टको भारवहन क्षमता नेपाल गुणस्तर मापदण्ड अनुसार नपाईएको हो ।

गुणस्तर परीक्षणमा असफल भएपछि भूगर्भ सिमेन्टका सबै पीपीसी सिमेन्टको बिक्रीमा रोक लगाइएको विभागका प्रवक्ता दिनानाथ मिश्रले जानकारी दिए । उनका अनुसार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण पाएपछि थप कारबाहीबारे निर्णय हुने उनको भनाई छ । 

सिमेन्टको कम्प्रेसिभ क्षमता ३ दिनको १६ एमपीए आउनुपर्नेमा ९ एमपीए मात्रै आएको र ७ दिनको भारवहन क्षमता परीक्षण गर्दा २२ एमपीए आउनु पर्नेमा १५ एमपीइ मात्रै आएको छ ।

वुटवलका उपभोक्ताबाट गुनासो आएपछि विभागले परीक्षण गरेको थियो ।

कपिलवस्तुको शिवराज ६ स्थित उद्योगले भूगर्भ ओपीसी, अपोलो, क्र्याष्टल र देउराली पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अब अपोलो, क्र्याष्टल र देउराली पीपीसीको पनि बिक्रीमा रोक लगाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved