
लुम्बिनी विद्युत उद्योगले लिट्मस केवलको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल र मधु भट्टराई नियुक्त भएका छन् ।
कम्पनीले आफ्नो विभिन्न प्रकारका तार र केबलहरूको प्रवद्र्धन एवं विस्तारका लागि राजेश र मधुलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको हो । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रवद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ ।
लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७ मा स्थापित कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ ।
कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै जर्मन एडभान्स प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको कमपनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ता बताउँछन् ।